स्वास्थ्य

    Showing ४१-५० of ६०१ items.
  • आइतबार पनि अस्पतालका ओपीडी सेवा सञ्चालन गर्न सरकारको निर्देशन

    इटहरी । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा लागू गर्ने निर्णय गरेपछि पनि स्वास्थ्य सेवा अवरुद्ध नहोस् भन्ने उद्देश्यले आइतबारसमेत अस्पतालका बहिरङ्ग(ओपीडी) सेवा सञ्चालन गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सूचनामा बिरामीलाई सेवा लिन कठिनाइ नहोस् भनेर सबै अस्पताल तथा स्वास्थ्य संस्थालाई आवश्यक व्यवस्था मिलाउन भनिएको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार चैत २२ गते राजपत्रमा प्रकाशित सूचनाबाट शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा लागू हुने भएको हो। यसै सन्दर्भमा मन्त्रालयले स्वास्थ्य सेवा नियमित र प्रभावकारी रूपमा सञ्चालन गर्न नयाँ कार्यविधि अघि बढाएको जनाएको छ। मन्त्

    • प्रकाशित मितिः चैत २७, २०८२
    • २३१ पटक पढिएको
  • पथरी शनिश्चरेमा प्रजनन स्वास्थ्य सेवा सुदृढ गर्न नगरपालिकाद्वारा स्वास्थ्यकर्मीलाई तालिम

    इटहरी । पथरी शनिश्चरेमा प्रजनन स्वास्थ्यसम्बन्धी आङ खस्ने, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, प्रसव–फिस्टुला तथा निःसन्तानसम्बन्धी समस्याको एकीकृत व्यवस्थापनका लागि स्वास्थ्यकर्मीलाई लक्षित  तालिमको आयोजना गरिएको छ । मंगलबार पथरी शनिश्चरे नगरपालिकाको सभाहलमा औपचारिक उद्घाटन गरिएको तालिम जारी छ । पथरी शनिश्चरे नगरपालिकाको आयोजना तथा स्वास्थ्य कार्यालय मोरङको समन्वयमा सञ्चालन भइरहेको  उक्त तालिमको उद्घाटन नगर प्रमुख मोहन प्रसाद तुम्वापोले गर्नुभएको थियो । कार्यक्रममा उप–प्रमुख देविमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा तथा स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले आ–आफ्

    • प्रकाशित मितिः चैत २५, २०८२
    • २६९ पटक पढिएको
  • पारदर्शी र गुणस्तरीय स्वास्थ्य सेवाको योजना

    इटहरी। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सर्वसाधारणका लागि प्रदान गर्दै आएको स्वास्थ्य सेवाको क्षेत्रलाई थप पारदर्शी, गुणस्तरीय र सेवाग्राहीमैत्री बनाउने योजना अगाडि सारेको छ । प्रतिष्ठानले १३ बुँदे सुधार योजना अगाडि सार्दै प्रभावकारी कार्यान्वयनमा ल्याउने प्रतिबद्धतासमेत व्यक्त गरेको छ । नेपाल सरकार मन्त्रीपरिषद्को बैठकले पारित गरेको शासकीय सुधार कार्यसूची अन्तर्गत प्रतिष्ठानका उपकुलपति प्राडा विक्रमप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको उच्चस्तरीय बैठकले प्रतिष्ठानले प्रदान गर्दै आएको स्वास्थ्य सेवाको क्षेत्रलाइ थप सुधार गर्न १३ बुँदे योजना पारित गरेको प्रतिष्ठानले जनाएको छ ।

    • प्रकाशित मितिः चैत २४, २०८२
    • २०१ पटक पढिएको
  • ओखलढुङ्गामा मानसिक रोगी बढ्दै, आत्महत्यादर उच्च

    इटहरी। ओखलढुङ्गा जिल्लामा मानसिक रोगीको संख्या वर्षेनी तीव्र रूपमा बढ्दै गएको छ। स्वास्थ्य कार्यालय रुम्जाटारको पछिल्लो तथ्यांकअनुसार जिल्लामा मानसिक स्वास्थ्य समस्या गम्भीर बन्दै गएको हो। कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्ला तीन आर्थिक वर्षमा मानसिक बिरामीको संख्या उल्लेख्य रूपमा वृद्धि भएको देखिन्छ। आर्थिक वर्ष २०७९र०८० मा २७० जना रहेका मानसिक बिरामी आर्थिक वर्ष ०८०र०८१ मा ५२२ पुगेका थिए भने २०८१र०८२ मा यो संख्या ९६३ पुगेको छ। स्वास्थ्य कार्यालय रुम्जाटारका जनस्वास्थ्य निरीक्षक नवराज बानियाका अनुसार मानसिक रोगीको संख्या यसरी तीव्र रूपमा बढ्नु गम्भीर चिन्ताको विषय हो। उहाँले समयमै प

    • प्रकाशित मितिः चैत २२, २०८२
    • १९७ पटक पढिएको
  • ताप्लेजुङको फक्ताङ्लुङ पूर्णखोप सुनिश्चित घोषणा

    इटहरी। ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चिता घोषणा गरिएको छ । चालु आर्थिक वर्षभित्र सञ्चालित खोप अभियान सम्पन्न भएसँगै फक्ताङ्लुङ गाउँपालिकालाई शनिबार पूर्णखोप सुनिश्चित घोषणा गरिएको हो । लक्षित बालबालिका अर्थात १५ महिनाभित्रका शिशु र १६ देखि ५९ महिनाका बालबालिकालाई आवश्यक खोपको सबै मात्रा लगाउने कार्य सम्पन्न भएपछि पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिनेश भट्टराईका अनुसार पालिकाका सात वटै वडामा खोप अभियान पूरा भएपछि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो । पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रममा पालिकालाई पूर्

    • प्रकाशित मितिः चैत २२, २०८२
    • १७२ पटक पढिएको
  • विपी प्रतिष्ठानलाई ४७ लाख बढीको स्वास्थ्य सामग्री सहयोग

    इटहरी ।  विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई पोस्ट प्रो सोलुसन प्रा.लि.ले ४७ लाख ८ सय ८८ बराबरको आवश्यक मेडिकल सामग्री सहयोग गरेको छ । पोस्ट प्रो सोलुसन प्रा।लि।की प्रोप्राइटर सुप्रिया माझी बनेपाली र दीपक बनेपालीले मेडिकल उपकरण तथा सर्जिकल सामग्रीहरू प्रतिष्ठानका उपकुलपति प्राडा। विक्रमप्रसाद श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको हो । उक्त सामग्रीहरू प्रतिष्ठानको दैनिक उचार सेवामा प्रयोग हुने उपकुलपति प्राडा। विक्रमप्रसाद श्रेष्ठले बताउनुभयो । प्रतिष्ठान जस्तो ठुलो स्वास्थ्य संस्थालाई आर्थिक सङ्कटको घडीमा निजि क्षेत्रबाट प्राप्त भएको सहयोग हाम्रा लागि निकै महत्त्वपूर्ण छ । यसले बि

    • प्रकाशित मितिः चैत १७, २०८२
    • २९१ पटक पढिएको
  • स्वास्थ्य बीमा सेवा दिन आनाकानी गर्ने अस्पताललाई कारबाही हुने

    इटहरी । स्वास्थ्य बीमा सेवा दिन आनाकानी गर्ने अस्पताललाई कारबाही हुने भएको छ । विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा दिन आनाकानी गरेको तथा बिरामीलाई आवश्यक सुविधा नदिइएको पाइएपछि स्वास्थ्य बीमा बोर्डले कानुनअनुसार कारबाही हुने चेतावनी दिएको छ । बीमा कार्यक्रमअन्तर्गत सेवा प्रवाहका क्रममा केही सेवा प्रदायक स्वास्थ्य संस्थाबाट बीमित सेवाग्राहीलाई दुःख दिएको तथा सेवा प्रवाह नगरेको पाइएपछि बोर्डले सहज रूपमा स्वास्थ्योपचार गर्न गराउन आग्रह गरेको छ । स्वास्थ्य संस्थाहरूले बीमा सेवा प्राप्त गर्न अग्रिम समय लिनुपर्ने, बीमितप्रति भेदभावपूर्ण व्यवहार गरिएको तथा आवश्यक सेवा सुविधा एव

    • प्रकाशित मितिः चैत १७, २०८२
    • १६५ पटक पढिएको
  • कोशी अस्पतालमा ‘ब्लड बैंक’ स्थापनाको तयारी

    इटहरी । कोशी अस्पतालले आफ्नै ‘ब्लड बैंक’ स्थापना गर्ने भएको छ । कोशी प्रदेशकै सबैभन्दा ठूलो सो अस्पतालमा बिरामीको चापसगै दैनिक रगत अभाव हुन थालेपछि ‘ब्लड बैंक’ स्थापनाको तयारी थालिएको हो । प्रादेशिक रक्तसञ्चार सेवा विराटनगरका अनुसार कोशी प्रदेशमा दैनिक करिब ९०० देखि १००० युनिटसम्म रगतको माग हुने गरेको छ ।अस्पतालका प्रशासन प्रमुख त्रिलोचन न्यौपानेले आकस्मिक अवस्थाका बिरामीलाई समयमै रगत उपलब्ध गराउन अस्पतालले आफ्नै संरचनामा ब्लड बैैंक स्थापना गर्न लागेको जानकारी दिए । अस्पतालमा दैनिकजसो रगतको अभाव हुँदा आकस्मिक सेवाका बिरामी र तिनका आफन्तले निकै सास्ती खेप्दै आएका छन् ।विशेषगरी प्रसूति र शल्यक्र

    • प्रकाशित मितिः चैत ९, २०८२
    • १९९ पटक पढिएको
  • कृष्णप्रसाद भट्टराई स्मृति गोल्ड कपको उपाधि बसाह क्लबलाई

    सुनसरी | लोहरुङ फुटबल क्लबमाथि १–० गोलअन्तरले जित निकाल्दै उदयपुरको बसाह क्लबले तेस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कृष्णप्रसाद भट्टराई स्मृति गोल्ड कपको उपाधि जितेको छ । इटहरीस्थित जनता बहुमुखी क्याम्पसको खेलमैदानमा आइतबार भएको फाइनल खेलमा बसाहलाई उपाधि जिताउन कप्तान रितेश तामाङले गोल गरे । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा गोल गर्न नसकेको बसाहको लागि तामाङले दोस्रो हाफको २६औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।प्रतियोगिताको विजेता टिम बसाहले ४ लाख ४ हजार रुपैयाँ नगद पुरस्कार पाएको छ । उपविजेता लोहरुङले २ लाख २ हजार २ सय रुपैयाँमा चित्त बुझाएको छ । लोहरुङका मिलन लिम्बु प्लेयर अफद फ

    • प्रकाशित मितिः चैत ८, २०८२
    • ३५८ पटक पढिएको
  • विराटनगरको नोबेल मेडिकल कलेजमा लापरवाहीको मुद्दाः अन्तिम सुनुवाइ आज

     इटहरी । विराटनगरस्थित नोबेल हस्पिटल एण्ड मेडिकल कलेजमा उपचारका क्रममा गलत औषधीको प्रयोग गर्दा मृत्यु भएको विषयलाई लिएर दर्ता भएको चिकित्कीय लापरवाही मुद्दा अन्तिम फैसलाको चरणमा पुगेको छ । मोरङ जिल्ला अदालतमा विचाराधीन यस मुद्दाको अन्तिम पेशी आइतबारका लागि तोकिएको छ । सुनसरीको इनरुवाकी विमला थापा पोखरेलको मृत्युको विषयलाई लिएर परेको यो मुद्दामा अदालतले आवश्यक सबै प्रमाण बुझ्ने काम र प्रक्रिया पूरा गरिसकेको छ । यस मुद्दामा मुख्य अधिवक्ताको रूपमा बहस गरिरहनुभएका अधिवक्ता सुविन पाण्डेका अनुसार, मुद्दाको फैसलाका लागि आवश्यक सबै ‘अंग’ पुगिसकेको छ । २०८१ साल माघ १० गते फोक्सो एवम् श्वासप्रश्वास

    • प्रकाशित मितिः चैत ८, २०८२
    • १६४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]