काठमाडौँ । सरकारले राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुनको माग सोमबारसम्ममा पुरा गर्ने प्रतिबद्धता जनाएकोभनेको छ । आज सिंहदरबारमा भएको छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पुनले सकेसम्म आज साँझसम्ममा सहमति खोज्ने नभए भोलिसम्ममा सहमति जुटाएर माग पुरा गर्नेगरी निर्णय भएको बताए ।
प्रधानमन्त्रीको निर्देशनमा उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले बोलायाका थिए । हाम्रो मागका बारेमा सल्लाह सुझावहरु माग्नुभयो’, पुनले भने, ‘अहिले हामीले आज बेलुका पाँच बजेभित्रमा दुबै पक्षको एउटा टोली गठन गरेर सकेसम्म आज रातारात गर्ने नभए भोलिसम्ममा यो समस्या समाधान गर्ने भनेर निर्णय भएको छ । छलफल अत्यन्त सकारात्मक भएको र नतिजा निस्कनेमा विश्वास व्यक्त गरे।
पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने माग गर्दै पुन शुक्रबारबाट अनिश्चितकालीन धर्नामा थिए। अन्दोलनमा समर्थन जुट्दै गएपछि पुनसँग वार्ता गर्न सरकारलाई चौतर्फी दबाब परेको थियो।



