इटहरी : इटहरी उपमहानगरपालिकामा रहेको टोल विकास लघु उद्यम सहकारी संस्थाको १३ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । 


शनिबार इटहरीको दुर्गा पार्टी प्यालेसमा  इटहरी उपमहानगरपालिका सहकारी शाखाका प्रमुख बालकुमार पोखरेलको प्रमुख आथित्थितामा कार्यक्रम सुरू भएको थियोे ।


 टोल विकास लघु उद्यम सहकारी संस्थाको १३ औँ वार्षिक साधारण सभामा ८ जना जेष्ठ नागरिक , २/२ जना कक्षा १२ र एसईईमा उत्कृष्ट अंक ल्याउने सेयर सदस्यका परिवारका सदस्य साथै उत्कृष्ट बचत कर्ता, उत्कृष्ट ऋणीलाई सम्मान गरेको थियोे ।  निवर्तमान संचालक समितिलाई समेत सम्मान गरिएको थियो ।


संस्थाले साधारणसभामा आएका सदस्यलाई आफ्नै प्याकेजिङ उद्योगको उत्पादन सहकारी चिया उपहार स्वरुप प्रदान गरेको थियो । यस संस्थामा हाल १ हजार भन्दा बढी सदस्य रहेका छन्  । नगरको नियमभित्र पर्ने यस प्रकारको दोस्रो सहकारी हो ।  

IMG-20230827-WA0022

टोल विकास संस्थाहरुसँग कारोबार गर्ने हिसावले स्थापना भएको भएता पनि उदेश्य अनुरुप कारोबार गर्न भने नसकेको र हालै मात्र आफ्नै कोसेली घर स्थापना गरेको र लघु उद्यमको काम समेत सुरु गरिएको संस्थाका अध्यक्ष राजेन्द्र केशरी घिमिरेले बताए ।


कार्यक्रममा बोल्दै संस्थाका संस्थापक अध्यक्ष श्याम प्रसाद तिम्सिनाले टोल विकास संस्थासँग कारोबार गर्न खोलिएको भएता पनि पहिला असहज भएको र अव भने टोल विकासले आर्थिक कारोबार गर्न नपाउने भन्ने कुरा आएकोले उदेश्य अनुरुप जान सकिने बताएका थिए ।


संस्थाले गत आर्थिक बर्षमा १ करोड ३८ लाख ३५ हजार नाफा गरी १ करोड २४ लाख २९ हजार ८९९ रुपैँया खर्च गरको छ भने खुद नाफा १४ लाख ५ हजार १ सय १ रुपैँया कमाएको छ ।


संस्थाले १ करोड २४ लाख ६२ हजारको लक्ष्य राखेको थियो । चालु आर्थिक बर्षमा संस्थाले १ करोड ३८ लाख ३५ हजार नाफा कमाउने लक्ष्य अघि सारेको व्यवस्थापक सावित्री पोखरेलले जानकारी दिइन् ।IMG-20230827-WA0025