इटहरी | सहरमा बस्ती बढ्दै छन, जनसंख्या दिनप्रतिदिन बाक्लीदै छ । सहरी बिकासमा नयाँ चुनौती थपीदै छन । आवासीय क्षेत्र, सडक, ढल, पानी आपूर्ति, र अन्य आधारभूत संरचनाहरूको सुधारका लागी सहरी बिकास केन्द्रीत निती नीर्माण नीर्वीकल्प विकल्प बनिसकेका छन । तीनै नीती नीर्माणका लागी आवश्यक पर्छन, शहरी बिकास केन्द्रीत छलफल र संवाद ।

इटहरी उपमहानगरपालीका, पुर्वको एउटा बिकासोन्मुख सहर । यही सहरको एउटा कार्यक्रमहल शुक्रवार सहरी बिकास केन्द्रीत योजना र प्रस्तावीत रणनीतीहरुको विचार विकर्षले गुञ्जयमान भयो । कोशी प्रदेशको सहरी बिकासका लागी लीनुपर्ने नीती र गर्नुपर्ने कार्यहरुको सन्दर्भमा उपमहानगरीय अवधारणा विषयक कार्यशाला आयोजना गरीयो ।

नेकपा एमाले कोशी प्रदेश समीती सहरी बिकास विभागले आयोजना गरेको सो कार्यक्रममा एक सहर, एक पहिचानको अवधारणा देखी सहरी बिकासमा सञ्चार र प्रविधीको प्रयोग सम्मका विषयवस्तुमा छलफल भयो । नेकपा (एमाले) स्थायी कमिटी सदस्य भीम आचार्यले बढ्दो बसाइँसराइलाई रोक्नका लागि व्यवस्थित शहरी नीति आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथि आचार्यले वर्तमान समयमा नेपालका प्रमुख शहरहरूमा हुने अव्यवस्थित बसोबास, ट्राफिक जाम, फोहोरमैला व्यवस्थापनको समस्या र सामाजिक असन्तुलनको जड नै असंगठित शहरीकरण रहेको बताउनुभयो । 

शहरी विकास विभागका सदस्य सुनिल नेपालले विभागको तर्फबाट कोशी प्रदेशका शहरहरूलाई व्यवस्थित र समावेशी बनाउने उद्देश्यले तयार गरिएको कार्यपत्र प्रस्तुत गर्नुभयो । सोही कार्यपत्रमा आधारित भएर सञ्चार विषय विज्ञ पत्रकार लिलाराज भट्टराइले सहरी बिकासमा सुचना र सञ्चारको महत्व प्रष्ट पार्नुभयो । बढ्दो प्रविधीको प्रयोग सँगै सहरी बिकासमा सञ्चारको आवश्यकता र यसको प्रयोगमा उहाँको प्रस्तुती केन्द्रीत रह्यो । नेपाल सरकारका पुर्व उपसचिव गणेश दाशाल सहरी बिकास सन्दर्भमा बताउनुहुन्छ ।

नेपाल सन् २०१५ यता एशियामा सबैभन्दा छिटो शहरीकरण हुने देश बनेको देखिन्छ। शहरी क्षेत्रको आधिकारिक परिभाषामा आएको परिवर्तन यसो हुनुको प्रमुख कारण हो। नेपालको केन्द्रीय तथ्यांक ब्युरोका अनुसार सन् २०११ मा १७ प्रतिशत रहेको नेपालको शहरी बासिन्दाको संख्या २०२१ मा ६६ प्रतिशतमा बढोत्तरी हुँदै शहरीकरणले शानदार गति लिएको देखिन्छ । धेरै एशियाली देशजस्तै नेपालले पनि शहरीकरणका दौरानमा उर्वर खेतीयोग्य जमिनमा ह्रास आएको अनुभव गरेको छ। यस्तो अवस्था विशेषगरी शहर नजिकका भूभागमा देखिन्छ।

हाम्रो अध्ययनअनुसार ठूला शहरका छेउछाउमा लगभग ३ देखि ४ प्रतिशत बाली उत्पादन गर्ने उर्वर भूमि नष्ट भएको छ । ग्रामीण क्षेत्रका जमिन शहरी केन्द्रमा गाभिएका कारण जग्गाको मूल्य बढेको छ, किनकि स्थानीय  बासिन्दा र स्वदेश फर्केका प्रवासी कामदारहरू राम्रो अवसरका लागि त्यस क्षेत्रमा बसाइ सर्छन्। यस्तो प्रवृत्तिले शहरी क्षेत्रमा अनेकन् अभाव सिर्जना गरेको छ । यस्तो अवस्थामा सहरी बिकासका लागी आवश्यक नीती तर्जुमाका लागी पनी यस प्रकारका कार्यक्रमहरु प्रभावकारी हुने देखीन्छ ।

यस्ता कार्यक्रमले सहरी विकास कार्यक्रमहरूले आवासीय क्षेत्र, सडक, ढल, पानी आपूर्ति, र अन्य आधारभूत संरचनाहरूको सुधार गर्नमा मद्दत पुर्याउँछन्। यसले शहरमा बसोबास गर्नेहरूको जीवनस्तर सुधार्न मद्दत पुर्याउँछ । सहरी क्षेत्रमा उद्योग, व्यवसाय, र सेवाहरूको वृद्धि हुन्छ, जसले रोजगार सिर्जना र आर्थिक गतिविधिहरूलाई बढाउँछ। सहरी विकासले पनि ग्रामीण इलाकाबाट शहरमा आउने जनसंख्या को आकर्षण बढाउँछ र यसले समग्र अर्थतन्त्रलाई प्रवद्र्धन गर्छ र समग्र देशको समृद्धी सुनीश्चीत गर्छ ।