इटहरी । भोजपुरको अरुण गाउँपालिका वडा नं. ७ सिक्रेटारमा सामाजिक सुरक्षा भत्ता वितरण तथा राष्ट्रिय परिचयपत्र विवरण संकलन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रममा करिब ७३ जना लाभग्राहीहरूले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका छन् भने २१ जना नागरिकहरूले राष्ट्रिय परिचयपत्र विवरण संकलन सेवा लिएको वडा अध्यक्ष कुमार थापाले जानकारी दिनुभयो । कार्यक्रममा गाउँ कार्यपालिका सदस्य ललितकुमार राई, वडा सदस्यहरू प्रशासन शाखा प्रमुख श्यामकुमार राई, वडा सचिव अशोक अधिकारी, पञ्जीकरण शाखा प्रमुख चिन्तामणि पोखरेल, प्रभु बैंक प्याउली शाखा प्रमुख डिकपाल राई तथा जिल्ला प्रशासन कार्यालयका राष्ट्रिय परिचयपत्र शाखाका प्रतिनिधि रोशन गुरागाईंको सक्रिय सहभागिता साथै, सुरक्षाकर्मी तथा कर्मचारीहरूको सहकार्य उल्लेखनीय रहेको थियो । राष्ट्रिय परिचयपत्र नभएकै कारण सेवाबाट वञ्चित भइरहेका लाभग्राहीहरूलाई समेट्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले सरकारी सेवा प्रणालीलाई अझ पहुँचयोग्य, समावेशी र नागरिकमैत्री बनाउने दिशामा महत्वपूर्ण योगदान दिएको छ ।


