इटहरी । रामधुनी नगरपालिका–३ मा बसोबास गर्दै आएका ५ सय ६० जना भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई निस्सा (अस्थायी पुर्जा) वितरण गरिएको छ । मंगलबार भूमि समस्या समाधान आयोग सुनसरीका विज्ञ सदस्य शैलेन्द्र राई समेतको उपस्थितिमा वडाले भबिष्यमा लालपुर्जा दिनेगरी निस्सा वितरण गरेको हो । जसमा ९० जना भूमिहीन दलित, १ सय ७० जना भूमिहीन सुकुम्बासी र ३ सय जना अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरिएको वडा कार्यालयले जनाएको छ । निस्सा वितरण गर्दै वडा अध्यक्ष बुधनारायण चौधरीले सुकुम्बासी नागरिकले भबिष्यमा लालपुर्जा पाउने प्रकृया सुरु भएको र त्यसका लागि वडाले पहल गर्ने बताउनुभयो । त्यस्तै निस्सा वितरण गरिएका व्यक्तिहरुलाई धनिपुर्जा वितरणका लागि पहल गर्ने भूमि समस्या समाधान आयोग सुनसरीका विज्ञ सदस्य राईले बताउनुभयो । भूमि समस्या समाधान आयोग सुनसरी हाल सुनसरीमा ४१ हजारबढी भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी रहेको आयोगको तथ्याङ्क छ ।


