इटहरी । बिर्तामोड– भद्रपुर सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शुक्रबार राति करिब ८ः१५ बजे बिर्तामोड ८ हर्चना टोलस्थित सडकखण्डमा सैनिकमोडबाट भद्रपुरतर्फ जाँदै गरेको प्र१–०१–०१४ प ५११९ नं। को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।
मोटरसाइकल चालक भद्रपुर ७ बस्ने ३६ वर्षीय सुदिर निरौला गम्भीर घाइते हुनुभएको थियो । घाइते निरौलालाई बिर्तासिटी अस्पताल बिर्तामोडमा ल्याइएकोमा उपचारका क्रममा राति ९ः१५ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


