इटहरी । मोरङ० स् ६० वटा मतदान स्थल र १ लाख २८ हजार ५४५ मतदाता रहेको मोरङ क्षेत्र नम्बर १ यसपटकको निर्वाचनमा अत्यन्त रोचक प्रतिस्पर्धाको केन्द्र बनेको छ। विगतका तीन निर्वाचन ९२०७०–२०७९० सम्म निरन्तर प्रतिस्पर्धा हुँदै आएको दुई प्रमुख पात्र — डिगबहादुर लिम्बू ९नेपाली कांग्रेस० र घनश्याम खतिवडा ९नेकपा एमाले० — मध्ये यसपटक लिम्बू मैदानमा छैनन्। यसले चुनावी समीकरणलाई नयाँ मोड दिएको विश्लेषकहरू बताउँछन्।

कांग्रेसले पुरानो अनुहार हटाउँदै नयाँ नेतृत्वलाई अघि सार्ने रणनीति अपनाएको छ। सोहीअनुसार पार्टीले उर्लाबारी नगरपालिका का पूर्वप्रमुख खड्ग फागो लाई उम्मेदवार बनाएको छ। उनी स्थानीय तहको अनुभव र संगठनात्मक पकडका आधारमा बलियो दाबेदारका रूपमा प्रस्तुत भइरहेका छन्। यता एमालेका खतिवडा भने यो पटकलाई “अन्तिम प्रतिस्पर्धा” भन्दै मतदातामाझ सक्रिय चुनावी अभियानमा जुटेका छन्। लामो राजनीतिक अनुभव, संगठन संरचना र अघिल्ला चुनावी नतिजाले उनलाई अझै पनि प्रमुख दाबेदारका रूपमा स्थापित गरिरहेको छ।

बहुदलीय भिडन्तस् साना दल र स्वतन्त्रको उपस्थिति

यस क्षेत्रको चुनावी मैदानमा ठूला दल मात्र होइन, विभिन्न दल र स्वतन्त्र उम्मेदवारहरूको उल्लेखनीय उपस्थिति छ। प्रतिस्पर्धामा रहेका अन्य उम्मेदवारहरूरहेका छन्।  

कुलप्रसाद साम्बा कुशल ९नेपाली कम्युनिस्ट पार्टी०,यज्ञमणि न्यौपाने ९राष्ट्रिय स्वतन्त्र पार्टी०,पूर्णबहादुर तामाङ ९राष्ट्रिय प्रजातन्त्र पार्टी० दिलकुमारी लावती ९संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च०,शान्ति पाख्रिन लामा ९श्रम संस्कृति पार्टी०,फिवराज लिम्बू ९नेपाल जनमुक्ति पार्टी०,दुर्गाकुमारी तामाङ ९राष्ट्रिय परिवर्तन पार्टी०,डिल्लीराम नेपाली ९नेपाल कम्युनिस्ट पार्टी ९माओवादी००,डिल्लीराम लिम्बू ९मितेरी पार्टी नेपाल०,स्वतन्त्र उम्मेदवारहरूस् प्रेम बर्देवा, पशुपति घिमीरे, मिलन भण्डारी, यामप्रसाद दाहाल, ईश्वर वाग्ले र सुरज लिम्बू ९मंगोल नेशनल अर्गनाइजेसन० रहेका छन्। 

प्रतिस्पर्धाको केन्द्रमा के मुद्दा ?

स्थानीय विकास, रोजगारी, सडक–पूर्वाधार, शिक्षा र स्वास्थ्य सेवाको पहुँच यस क्षेत्रका प्रमुख चुनावी एजेन्डा बनेका छन्। मतदाताले पुराना प्रतिनिधिहरूको कामको मूल्याङ्कन गर्दै नयाँ उम्मेदवारलाई मौका दिने कि अनुभवलाई निरन्तरता दिने भन्ने निर्णयको दोसाँधमा छन्। मोरङ क्षेत्र नम्बर १ यसपटक बहुपक्षीय प्रतिस्पर्धाका कारण प्रदेशकै चासोको केन्द्र बनेको छ। 

पुराना प्रतिस्पर्धीमध्ये एक बाहिरिएपछि बनेको नयाँ समीकरण, ठूला दलका रणनीति, साना दलको सक्रियता र स्वतन्त्र उम्मेदवारहरूको उपस्थितिले चुनावलाई अत्यन्त रोमाञ्चक बनाएको छ। परिणामले केवल प्रतिनिधि मात्र होइन, आगामी राजनीतिक शक्ति सन्तुलनसमेत निर्धारण गर्ने विश्लेषण भइरहेको छ।