इटहरी । इटहरीमा मिस्टर एन्ड मिस फेस एसईई इटहरी २०८२ सिजन वान  नामक व्यक्तित्व विकास तथा प्रतिभा पहिचान कार्यक्रम गरिने भएको  छ ।

आयोजक संस्थाले पत्रकार सम्मेलन गरि कार्यक्रमबारे जानकारी गराउँदै एसईइ दिएका तथा तयारी गरिरहेका विद्यार्थीहरूलाई लक्षित गरी प्रतियोगिता आयोजना गर्न लागिएको जनाएको छ । आयोजकका अनुसार कार्यक्रम केवल सौन्दर्य प्रतिस्पर्धामा सीमित नभई सहभागीहरूको आत्मविश्वास, नेतृत्व क्षमता, व्यक्तित्व विकास र करियर मार्गदर्शनमा केन्द्रित रहनेछ ।

कार्यक्रममा सहभागीहरूले ३५ दिनसम्म विभिन्न प्रशिक्षणहरू प्राप्त गर्नेछन्। प्रशिक्षण अन्तर्गत व्यावसायिक फोटोसुट, पर्सनालिटी डेभलपमेन्ट क्लास, १–२ दिनको क्याम्पिङ÷आउटडोर सेसन, स्वीमिङ सेसन, फील्ड क्याम्पिङ, टेबल म्यानर तथा डाइनिङ शिष्टाचार, स्किन केयर÷मेकअप क्लास, इन्टरटेनमेन्ट क्लास तथा ट्यालेन्ट इनह्यान्समेन्ट जस्ता गतिविधि समावेश गरिएको छ ।

कार्यक्रमका सीईओ रबिना बराइलीले यस्तो कार्यक्रमले विद्यार्थीहरूको प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले एसईई पछिको समयलाई सदुपयोग गर्दै नयाँ अवसर सिर्जना गर्न प्रतियोगिता उपयोगी हुने बताउनु भयो। इच्छुक विद्यार्थीहरूले तोकिएको सम्पर्क नम्बर मार्फत आवेदन दिन सक्ने चेयरम्यान अनिल खड्काले जानकारी दिनु भयो ।

कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने सहभागीहरूका लागि आकर्षक अवसरहरू पनि उपलब्ध गराइने आयोजकले जनाएको छ । विजेताले २–२ वटा छात्रवृत्ति (म्यानेजमेन्ट तथा होटल म्यानेजमेन्टमा), फ्री कम्प्युटर कोर्स, दोस्रो र तेस्रो स्थानका लागि ट्युसन कोर्स, गिफ्ट ह्याम्पर तथा विभिन्न कम्पनीहरूसँग करार कन्ट्र्याक्ट  गर्ने अवसर प्राप्त गर्नेछन् ।