इटहरी । इटहरी कान्छीचोक निवासी तथा हाल इटहरी–२ तरहरास्थित इपिल्यान्ड नजिक बसोबास गर्दै आउनुभएका समाजिक ब्यक्तित्व ५२ वर्षीय अम्मर भुजेलको सवारी दुर्घटनामा निधन भएको छ।

परिवारका अनुसार, उहाँ २० गते बेलुकी करिब ७: १५ बजे तरहरा होम्सबाट घर फर्किने क्रममा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते हुनुभएको थियो। उपचारका क्रममा हस्पिटल पुर्‍याउँदा धरान घोपा क्याम्प डक्टरले  मृत्यु भइसकेको बताएको थियो ।

2 1

उहाँको पार्थिव शरीरको पोस्टमार्टम आज दिउँसो करिब १:३० बजे सम्पन्न गरिएको छ। त्यसपछि दिउँसो २ बजे शान्तिनगरबाट कान्छीचोकस्थित घरमा ल्याइने र करिब ४ बजे बुढीगंगा मुक्तिघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ।