इटहरी । वराहक्षेत्र नगरपालिकाले वार्षिक परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई उद्घोषण कला र नृत्य कलाको प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।

वार्षिक परीक्षा दिएर बसेका आधारभूत तह कक्षा ६, ७ र ८ का विद्यार्थीहरूको क्षमता विकास कार्यक्रम अन्तर्गत उक्त उद्घोषण कला र नृत्यकलाको प्रशिक्षण कार्यक्रम आयोजना गरिएको नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद विकास शाखाका प्रमुख उत्तमराज भारतीले जानकारी दिनुभयो ।

कक्षा ६, ७ र  ८ को वार्षिक परीक्षा दिएर बसेका सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरूको उक्त प्रशिक्षण कार्यक्रममा सहभागितामा रहेको थियो । प्रशिक्षण ५ दिनसम्म संचालन भएको थियो । शनिबार सम्पन्न प्रशिक्षण कार्यक्रमको समापन सत्रमा नगर प्रमुख रमेश कार्की , उपप्रमुख नन्दकुमारी सुनुवार , औलिया माबिका साहयक प्रध्यनाध्यापक उत्तम सुबेदि, प्रशिक्षक राम प्रसाद खरेल , देवराज खड्काले सहभागिताको प्रमाण पत्र प्रदान गर्नुभएको थियो  ।

उद्घोषण कला प्रशिक्षणमा विद्यार्थीहरूलाई प्रशिक्षक राम प्रसाद खरेल र नृत्यकला प्रशिक्षणमा नृत्य प्रशिक्षक देवराज खड्काले सहजीकरण गर्नुभएको थियो ।