इटहरी । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले नवनिर्वाचित सभामुखले सदनमा निष्पक्ष भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
आइतबार सिंहदरबारस्थीत संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष राईले दलबाट छुटिएर एउटा साझा अभिभावकको रूपमा सवैलाई न्याय हुनेगरि नवनिर्वाचित सभामुखले सदनमा निष्पक्ष भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको हो ।
उहाले अहिले पुरानो नभइ नयाँ खालको जनमत आएकाले सवै दललाई समान व्यवहार हुने उल्लेख गर्नुभयो । संसदमा फरक खालको व्यवहार भए प्रतिपक्षीको हैसियतमा आफुहरुले आवाज उठाउने उहाको भनाइ छ । अध्यक्ष राईले प्रतिनिधिसभा उपसभामुखमा आफ्नो पार्टीको पनि दावी रहेको भन्दै आफुहरु छलफलमा नै रहेको बताउनुभयो ।


