विराटनगर- नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत पुनः दोहरिएका छन् ।आइतबार अध्यक्षका लागि भएको निर्वाचनमा राउत ६६ दशमलव ३७ प्रतिशत मतसहित विजयी हुँदै दोस्रोकार्यकालका लागि निर्वाचित भएका हुन् ।
आइतबार बेलुका भएको निर्वाचनको परिणामअनुसार विजयी राउतका प्रतिस्पर्धी नविन रिजालले ३२ दशमलव६३ प्रतिशत मत पाएका छन्। जित हात पारेका उद्योगी राउतले उद्योगी ब्यवसायीको मुलमुद्धामा रहेर काम गर्नेमाजोड दिएका छन् ।
त्यसैगरी, बस्तुगत तर्फको मतदान प्रक्रियामा प्रदेश सदस्यमा सुवास आचार्य र दिपक पाण्डे विजयी भएका छन् ।जिल्ला नगरको सदस्यतर्फ कृष्णप्रसाद रिजाल, राजु ढुंगाना, जयप्रकाश शर्मा, खड्गबहादुर श्रेष्ठ र नविनकुमारचौधरी विजयी भएका छन् ।
यसअघि, जिल्ला नगरतर्फ उपाध्यक्षमा ऋषिराज तिम्सिना, वस्तुगततर्फ उपाध्यक्षमा राजन श्रेष्ठ, एशोसिएट्सतर्फको उपाध्यक्षमा रविनकुमार दाहाल र कोषाध्यक्षमा श्रवणकुमार अग्रवाल निर्विरोध भए।
त्यसैगरी एशोसिएट्सतर्फको सदस्यमा देवकीनन्दन अग्रवाल र भविष कुमार श्रेष्ठ पनि निर्विरोध भएका छन्।


