भोजपुर | भोजपुरको चखेवामा आयोजना गरिएको रैथाने खाना महोत्सवको समापनका अवसरमा राई संस्कार संरक्षणका लागि आर्थिक सहयोग प्रदान गरिएको छ ।

चखेवा होटल तथा होमस्टे व्यवसायी संघको आयोजनामा २०८२ साल चैत ३० गतेदेखि सञ्चालन भएको रैथाने खाना महोत्सव २०८३ साल वैशाख २ गते समापन भएको हो । समापन कार्यक्रमका क्रममा टेम्केमैयुङ गाउँपालिका–४ नागी निवासी सकिला राईले आफ्ना आमाबुवाको नाममा रु ५० हजार राई संस्कार संरक्षण कोषमा अक्षय कोषका रूपमा प्रदान गर्नुभएको छ ।

उक्त रकम राई संस्कार संरक्षण कोष उपसमितिलाई हस्तान्तरण गरिएको टेम्केमैयुग गाँउपालिका वडा नम्बर ४ का वडा अध्यक्ष हर्कराज राईले बताउनुभयो ।

संकलित रकमबाट टेम्केमैयुङ गाउँपालिका–४ नागीस्थित साकेवाटाङको मठ–मन्दिर संरक्षण तथा व्यवस्थापन गर्ने योजना रहेको बताइएको छ ।