इटहरी । साहित्यकारले समाजमा देखिएको यथार्थ अवस्थालाई जस्ताको तस्तै चित्रण गरेर पाठकसम्म पुर्‍याउनु नै आफ्नो धर्म भएको बताइएको छ।

कोशी मुक्तक प्रतिष्ठानका अध्यक्ष तथा वरिष्ठ साहित्यकार एवं समालोचक बाबुराम पोखरेलले उक्त धारणा व्यक्त गर्नुभएको हो। बुढ्यौली साहित्य समाज, सप्तरी शाखाको आयोजनामा शुक्रबार सम्पन्न ‘जीवनका उकाली ओरालीहरू’ (पितामाताको स्मरणमा शोक लघु काव्य) कृतिको लोकार्पण कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै पोखरेलले साहित्य समाजको ऐना भएको उल्लेख गर्नुभयो। उहाँले स्रष्टाले यथार्थलाई नलुकाई प्रस्तुत गर्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रम बुढ्यौली साहित्य समाज सप्तरीका अध्यक्ष तथा कृतिकार मेघराज पौड्यालको अध्यक्षतामा सम्पन्न भएको थियो।

e64cb687-191f-4b33-93db-98ad2361e954

कार्यक्रममा विशिष्ट अतिथि दिवाकर देवकोटाले कृतिमार्फत पितामाताप्रतिको गहिरो श्रद्धा अभिव्यक्त भएको बताउँदै स्रष्टालाई धन्यवाद दिनुभयो। त्यसैगरी, पौडेल वंश महासंघ नेपालका महासचिव उद्धव प्रसाद पौडेलले लेखकसँगको पुरानो चिनजान स्मरण गर्दै उहाँमा देखिएको यथार्थलाई शब्दमा उतार्ने क्षमता प्रशंसनीय रहेको बताउनुभयो। महासंघकै सह–सचिव वेनुप्रसाद पौडेलले काव्यले पितामाताका विगतका दुःख–दर्दलाई सजीव रूपमा प्रस्तुत गरेको उल्लेख गर्दै शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रममा बुढ्यौली साहित्य समाजका पूर्व अध्यक्ष तथा पूर्व प्रधानाध्यापक तिर्थराज पोखरेलले साहित्यको विकासबिना मानव सभ्यताको विकास सम्भव नहुने धारणा राख्नुभयो।

4fea4566-899d-4be6-93e4-1507edba43fb

व्यानर वाचन गरी उद्घाटन गरिएको कार्यक्रममा राष्ट्रगान प्रस्तुत गर्नुका साथै ज्ञात–अज्ञात सहिदप्रति एक मिनेट मौनधारण गरिएको थियो। कार्यक्रममा अतिथिहरूलाई सम्मान गरिएको थियो भने कृतिको सामूहिक लोकार्पण, गिरीराज पौडेल र मेघराज पौड्यालबाट सिर्जना वाचनसमेत गरिएको थियो। सो अवसरमा ८० वर्षभन्दा माथिका ११ जना अग्रज व्यक्तित्वलाई प्रमुख अतिथि र अध्यक्षबाट संयुक्त रूपमा सम्मान गरिएको थियो।

9066aeee-5395-4b7d-866f-68b32187d0d1सम्मानित व्यक्तित्वहरूमा चन्द्र कुमारी कटुवाल, विमला नेपाल, नन्दराज पोखरेल, विश्वनाथ न्यौपाने, शालिग्राम अधिकारी, विष्णु कुमारी कोइराला, घनश्याम पोखरेल, फन कुमारी पोखरेल, पदम बहादुर कार्की, तिलक बहादुर बुढाथोकी र लोक बहादुर कटुवाल रहनुभएको छ। कार्यक्रमको अन्त्यमा अध्यक्ष मेघराज पौड्यालले प्रमुख अतिथि तथा सहभागी सबैप्रति धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभयो। कार्यक्रमको स्वागत तथा सञ्चालन गिरीराज पौडेलले गर्नुभएको थियो।