इटहरी ।  जिल्ला प्रहरी कार्यालय सुनसरीले सञ्चालन गरेको स्वीप अपरेसन अन्तर्गत तीन दिनमा १२० जनालाई नियन्त्रणमा लिएको छ ।

यही वैशाख ९ गते साँझ देखि आज बिहान ६ बजे सम्मको अवधिमा स्वीप अपरेसन अन्तर्गत लागू औषध विक्री वितरण गर्ने ,सेवन गर्ने र समाजमा गुण्डागर्दी गर्दै हिढ्ने ११५जना पुरुष र ५ जना महिलालाई नियन्त्रण लिएर अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडी बढाइएको सुनसरी प्रहरीले जनाएको हो । 

प्रहरीका अनुसार सो अवधिमा नियन्त्रणमा लिएरका १० जना पुरुष र ५ जना महिलालाई सुधार केन्द्र पठाइएको ७६ जना पुरुषलाई सम्झाई बुझाई आफन्तको जिम्मा लगाएका, २ जना पुरुषलाई  लागू औषध मुद्दा दर्ता गरिएको र २६ जनालाई थप अनुसन्धान भइरहेको जनाइएको छ । सो अवधिमा लागू औषधि मुद्धाको फरार एक जना पुरुषलाई  नियन्त्रणमा लिएको समेत प्रहरीले जनाएको छ ।