इटहरी । इटहरीमा ‘बजाज एक्सचेन्ज मेला’ सुरू  भएको छ । नेपालको अग्रणी दुई पाङ्ग्रे ब्रान्ड बजाज अटो अन्तर्गत बजाज एक्सचेञ्ज मेला बैशाख १६ गतेदेखि २१ गतेसम्म श्रीकृष्ण प्रणामी मन्दिर छेउ, मिलन चोक, इटहरीमा आयोजना भएको मेलामा ग्राहकले आफ्नो पुरानो बाइक साटेर नयाँ बजाज बाइक अपग्रेड गर्ने अवसर पाउनेछन् ।

इटहरी स्थित अटो सिटी बजाज शो–रुमको आयोजनामा भएको उक्त मेला उपभोक्तालाई लक्षित गरी ल्याइएको हो । साथै बजाज बाइक खरिदमा पक्का नगद उपहार समेत प्रदान गरिने बताइएको छ । मेलामा  आकर्षक मूल्याङ्कन,  निःशुल्क सामग्रीहरू,   एक्सचेञ्ज मेला स्थलमै फाइनान्स सुविधा, ० प्रतिशत सर्भिस चार्ज, आकर्षक नगद छुट लगायत सुविधा पाउँदा खुसि भएको ग्राहक बताउँछन् ।

एक्सचेञ्ज मेलामा पुरानो मोटरसाइकलको उचित मूल्यांकन सहित नयाँ बाइक खरिदमा विशेष छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।  विशेष अफर भएको बजाज अटोसिटी इटहरीका सञ्चालक प्रदिप सन्थलियाले बताउनुभयो । बाइक अपग्रेड गर्न चाहने सेवाग्राहीले मेला अवधिभर प्रत्यक्ष सहभागी भई फाइनान्स, एक्सचेञ्ज तथा छुट सम्बन्धी सेवा लिन सक्नेछन् ।