इटहरी । खुवालुङ क्षेत्रमा माङ्खीम सहित सांस्कृतिक संरचनाको शिलान्यास गरिएको छ ।
मंगलबार किरात राई यायोक्खा केन्द्रीय अध्यक्ष जीवन हताछो राईको बाहुलीबाट माङ्पा सहित मुन्दुमी विधिबाट शिलान्यास गरिएको हो । किरात राई यायोक्खा र व्यवस्थापन समितिले विभिन्न दाताबाट रकम सङ्कलन गरी धनकुटाको शहिदभूमी गाउँपालिका १ स्थित खरिद गरेको जग्गामा उक्त संरचना निर्माण गर्न लागिएको खुवालुङ जग्गा व्यवस्थापन तथा माङ्खिम निर्माण उपसमिति संयोजक जनक राईले बताउनुभयो ।
कार्यक्रममा माङ्खिम निर्माणका लागि दुई रोपनी जग्गा दान गरेका जग्गा दाता स्थानीय तीर्थराज राई, धर्मराज राई र देवराज राईलाई सम्मान गरिएको थियो ।
प्रदेश सरकारको ३ करोडको लगानीमा मुन्दुमी खिम निर्माण गरिनुका साथै आगन्तुकका लागि आवासीय संरचना निर्माण गरिने किरात राई यायोक्खाका अध्यक्ष जीवन हताचो राईले बताउनुभयो । दुधकोशी, अरुण र तमोर नदिको संग्गम स्थल त्रीवेणिमा अवस्थित खुवालुङ किराती समुदायका लागि मुन्दुमी आस्थाको केन्द्र मानिन्छ ।


