इटहरी । सुनसरीको इनरुवा नगरपालिकाका विभिन्न स्थानमा हावाहुरीका कारण ठुलो क्षति भएको छ।
करिब एक घण्टा चलेको हावाहुरी र वर्षाले धेरै रूखहरू ढलेका छन् भने रूख ढल्दा जिल्लामा दुई जना घाइते भएका छन्। इनरुवा नगरपालिका–९ बबिया र वडा नं। १० जल्पापुरमा बिजुलीका पोल ढल्दा भित्री सडक अवरुद्ध भएको छ।
इनरुवासहित दक्षिणी सीमावर्ती क्षेत्रसम्म अधिकांश स्थानमा विद्युत् सेवा प्रभावित भएको छ । रूख ढल्दा अवरुद्ध बनेको हाइवे राति नै सुरक्षाकर्मीको सहयोगमा हटाई सञ्चालनमा ल्याइएको छ। सुनसरीका विभिन्न स्थानमा आएको हावाहुरीका कारण मकै र केराखेतीमा समेत ठुलो क्षति पुगेको छ।


