इटहरी। जिल्ला प्रहरी कार्यालय उदयपुरले एकैदिन विभिन्न मुद्दाका एक्काइस जना फरार प्रतिवादी पक्राउ गरी जिल्ला अदालत उदयपुरका बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले विभिन्न मुद्दाका २१ जना फरार प्रतिवादीहरु एकै पटक पक्राउ गरिएको हो । विभिन्न मितिमा अदालतबाट दोषी करार भै सजाय तथा कैद जरिवाना तोकिएका २१ जना फरार प्रतिवादीहरु पक्राउ गरिएको र फैसला कार्यान्वयनकालागि सम्मानित जिल्ला अदालत उदयपुुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

पक्राउ परेका मध्ये गाली बेइज्जती मुद्दाका ८ जना, कुटपिट मुद्दाका ६ जना, जालसाजी मुद्दाका ३ जना, अभद्र व्यवहार मुद्दाका २ जना, नाता कायम मुद्दाका १ जना र करकाप कागज मुद्दाका १ जना गरी जम्मा २१ जनालाई फरार प्रतिवादी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।