इटहरी । जिल्ला होटेल तथा पर्यटन व्यवसायी सङ्घ सुनसरीको क्यालेन्डर सार्वजनिक भएको छ । इटहरीको होटेल त्रियुगामा एक कार्यक्रमका बिच नयाँ वर्ष २०८३ को क्यालेन्डर सार्वजनिक गरिएको हो ।

कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव डाक्टर इन्द्रप्रसाद सापकोटाले क्यालेन्डर विमोचन गर्नुृभएको हो । सुनसरीको पर्यटन प्रवद्र्धनमा सङ्घले प्रभावकारी काम गरिरहेको बताउँदै सचिव सापकोटाले मन्त्रालयले गर्ने सहयोग सदैव रहने प्रतिबद्धता जनाउनुभयो ।

सङ्घका अध्यक्ष तेजबहादुर पुरीले सङ्घले स्थापना काल देखि नै होटेल तथा पर्यटन व्यवसायीलाई जोडेर सुनसरीको पर्यटन प्रवर्धनमा जोडबल गरिरहेको बताउनुभयो । क्यालेन्डरले पर्यटकीय समयको जानकारी दिने भएकाले व्यवसायीलाई सचेत गराउँदै त्यसतर्फ आकर्षित गर्न लागिएको हो ।