मोरङ | सामाजिक संस्था पहिलो पाइला नेपाल सुन्दरहरैचा शाखाको सातौँ शाखा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ।

अधिवेशनबाट शाखाको अध्यक्षमा केबल लुइँटेल निर्वाचित हुनुभएको छ। त्यस्तै प्रथम उपाध्यक्षमा भोजन गिरि, द्वितीय उपाध्यक्षमा बिनोद अधिकारी, सचिवमा बिवस धमला तथा कोषाध्यक्षमा सुजन बिष्ट चयन हुनुभएको छ।

यसैगरी सह–सचिवमा सुपिया सिराल र सह–कोषाध्यक्षमा सुजन गौतम निर्वाचित हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा निर्मला खड्का, सन्जय लम्साल, भावना खतिवडा, मिना चुडाल, नवीन अधिकारी, बिक्रम बस्नेत, इपसेन कटेल र किरण सापकोटा चयन हुनुभएको छ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई अधिवेशनले सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। नयाँ कार्यसमितिले सामाजिक सेवा, युवा सशक्तीकरण तथा विभिन्न सामाजिक गतिविधिलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।