इटहरी। मोरङमा करेन्ट  लागेर एक महिलाको मृत्यु भएको छ । सुनवर्षी नगरपालिका(९ महतो टोल बस्ने ५० वर्षीया मंगलीदेवी मेहताको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

विद्युतीय मोटर जडित कल चलाउने क्रममा करेन्ट लाग्दा घटनास्थलमै उनको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।