इटहरी । मोरङको सुन्दरहरैंचा नगरपालिका–४ बाँसबारीमा अटोवेज प्रा.लि.ले आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
पोखरामा प्रधान कार्यालय र काठमाडौंमा कर्पोरेट कार्यालय रहेको अटोवेजको यो नवौँ शाखा हो। शाखाको नेपाल उद्योग परिसंघ कोशी प्रदेशका उपाध्यक्ष भीम घिमिरे र नेपाल खानी तथा क्रसर व्यवसायी महासंघका महासचिव देवराज तामाङले संयुक्त रूपमा रिबन काटेर उद्घाटन गर्नुभयो। उद्घाटन कार्यक्रममा निर्माण व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। नेपालका लागि बुल मसिन इण्डियाको एकमात्र आधिकारिक वितरकका रूपमा अटोवेजले विगत पाँच वर्षदेखि बुल मसिनका निर्माण उपकरणहरूको बिक्री, वितरण तथा बिक्रीपछिको सेवा प्रदान गर्दै आएको छ।
सन् २००२ देखि नेपालको अटोमोबाइल तथा निर्माण उपकरण क्षेत्रमा सक्रिय अटोवेजले गुणस्तरीय सेवा, व्यावसायिकता र विश्वसनीयतालाई आफ्नो मुख्य आधार बनाउँदै आएको जनाएको छ । नयाँ शाखामार्फत विशेषगरी सुनसरी, मोरङ, झापा तथा आसपासका पहाडी जिल्लाका ग्राहकलाई लक्षित गरी सेवा विस्तार गरिएको अटोवेजकी सञ्चालक सन्ध्या पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार शाखाबाट बुल मसिन इण्डिया द्वारा उत्पादित ४५ एचपी देखि १०० एचपी क्षमता सम्मका ब्याक हो लोडर, लोडर लगायत विभिन्न निर्माण उपकरणहरूको बिक्री तथा वितरण गरिनेछ ।
बुल मसिनका निर्माण उपकरणहरू मजबुत, भरपर्दो र निर्माण व्यवसायीहरूको रोजाइमा पर्दै आएको बताउँदै पौडेलले आगामी दिनमा पनि ग्राहकको विश्वास जित्ने गरी सेवा विस्तार गरिने बताउनुभयो । ग्राहक सेवाप्रति प्रतिबद्ध रहेको अटोवेजले नेपालको जुनसुकै भौगोलिक क्षेत्रमा छिटो र सहज सेवा उपलब्ध गराउने उद्देश्य सहित २४ घण्टे ‘¥यापिड एक्सन टिम’ परिचालन गर्ने योजना अघि सारेको छ।
अटोवेजका सेल्स हेड डिल्लीराम तिम्सिनाले नयाँ शाखा सञ्चालन सँगै कोशी प्रदेश सहित नेपालको निर्माण, पूर्वाधार तथा औद्योगिक विकासमा थप योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले शाखा सञ्चालनमा आएकै दिन पहिलो बुल मसिन समेत बिक्री भएको जानकारी दिनुभयो ।


