इटहरी। सहारा नेपाल साकोस लि। द्वारा आयोजित निःशुल्क आँखा जाँच शिविर रामधुनी–७ चौसठ्ठी विगहास्थित पञ्चायत माध्यमिक विद्यालय मा सम्पन्न भएको छ।

बिहान ९ बजेदेखि सुरु भएको शिविरबाट २५९ जनाले स्वास्थ्य सेवा लिएका छन्। शिविरको औपचारिक कार्यक्रम शेयर सदस्य मिना लिम्बूको सभाध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा रामधुनी नगरपालिका–७ का वडा सदस्य वासुदेव माझी उपस्थित रहेका थिए।

कार्यक्रममा सहारा नेपाल साकोस लि। इनरुवा अनुगमन अधिकृत रतन तिम्सिना विशिष्ट अतिथि तथा विद्यालय व्यवस्थापन समितिका सदस्य चन्द्र सुव्वा विशेष अतिथिका रूपमा सहभागी भएका थिए। त्यसैगरी तरहरा शाखा प्रमुख शान्ता काफ्ले, पञ्चायत माविका प्रधानाध्यापक भिष्मराज महत, नवदृष्टि आई हस्पिटलका नेत्र सहायक अर्जुन माझी, डा। भरत यादव, स्वास्तिका श्रेष्ठ र स्वास्तिका बस्नेत अतिथिका रूपमा उपस्थित थिए। शिविरको सुरुवात ८२ वर्षीय हेमराज राईको आँखाको सम्पूर्ण परीक्षण गरेर गरिएको थियो। कार्यक्रममा सेवाकेन्द्रका कर्मचारी अम्बर लिम्बू, गौरी सुवेदी, होम नारायण माझी र भुपेन्द्र अमात्यले स्वयंसेवकका रूपमा सक्रिय भूमिका निर्वाह गरेका थिए।

WhatsApp Image 2026-05-07 at 5.12.11 PM

कार्यक्रममा बोल्दै शाखा प्रमुख शान्ता काफ्लेले सहारा नेपाल साकोसले समयसापेक्ष सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै समुदायमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताइन्। यस्तै, अनुगमन अधिकृत रतन तिम्सिनाले संस्थाको समग्र कार्यक्रम तथा वित्तीय अवस्थाबारे जानकारी गराएका थिए।

प्रधानाध्यापक भिष्मराज महत तथा वडा सदस्य वासुदेव माझीले समुदायस्तरमै साकोसप्रति आकर्षण बढ्दै गएको उल्लेख गर्दै सबैलाई शेयर सदस्यता लिन आग्रह गरेका थिए।