इटहरी । इटहरीमा नयाँ क्याफे एण्ड रेष्ट्रो सञ्चालनमा आएको छ । इटहरी–६, धरान लाइनस्थित नेपाल बैंक लिमिटेड नजिकै वाईल्ड मङकी बिन क्याफे एण्ड रेष्ट्रो शुक्रबार देखि औपचारिक रूपमा सञ्चालनमा आएको हो ।

क्याफे एण्ड रेष्ट्रोको उद्घाटन इटहरी उपमहानगरपालिका वडा नं. ६ का वडाध्यक्ष दिवस पोखरेल र इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सुवास हमालले संयुक्त रूपमा गर्नुभयो। कफीका पारखी, फास्टफुड तथा पेय पदार्थका ग्राहकलाई लक्षित गर्दै सञ्चालनमा ल्याइएको रेष्ट्रोमा छिटो, छरितो र गुणस्तरीय सेवा उपलब्ध गराइने सञ्चालक जीवन अधिकारीले जानकारी दिनुभयो।

उहाँका अनुसार कफीको ब्राण्डिङ सँगै १० देखि १५ मिनेटभित्र खानेकुरा उपलब्ध गराउने मुख्य उद्देश्य रहेको छ । दुईतले भवनमा रहेको रेष्ट्रोबाट इटहरी चोकको रमणीय वातावरण अवलोकन गर्दै बस्न सकिने व्यवस्था छ । शान्त वातावरण खोज्ने ग्राहकका लागि छुट्टै क्याबिनको सुविधा समेत उपलब्ध गराइएको छ। पूर्वको विकसित शहरका रूपमा अघि बढिरहेको इटहरीका मध्यमवर्गीय ग्राहकलाई ध्यानमा राखेर रेष्ट्रो सञ्चालन गरिएको सञ्चालक अधिकारीले बताउनुभयो।

उद्घाटनपछि प्रमुख अतिथि वडाध्यक्ष पोखरेल र डिएसपी हमालले रेष्ट्रोको सफलताको शुभकामना व्यक्त गर्नुभयो। सञ्चालकका अनुसार उद्घाटनको अवसरमा केही दिनसम्म ग्राहकहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ ।