इटहरी। कोशी प्रदेश सरकारका इन्द्रमणि पराजुलीले सीमित स्रोत, साधन र जनशक्तिका बीच पनि जिल्ला प्रहरी कार्यालय धनकुटाले उल्लेखनीय कार्य गरिरहेको भन्दै प्रशंसा गर्नुभएको छ।

जिल्ला प्रहरी कार्यालय धनकुटाको कार्यालय भवन तथा समग्र कार्यालयले सञ्चालन गरेका गतिविधिहरूको अनुगमन, निरीक्षण र मातहतका प्रहरी कार्यालयहरूको अवस्थाबारे जानकारी लिँदै मन्त्री पराजुलीले शान्ति सुरक्षा कायम गर्न प्रहरीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो।

उहाँले प्रहरी प्रशासनले नागरिकसँगको सम्बन्धलाई अझ विश्वासिलो बनाउनुपर्ने उल्लेख गर्दै सेवा प्रवाहमा प्रभावकारिता, अनुशासन र उत्तरदायित्वलाई प्राथमिकतामा राख्न निर्देशन दिनुभयो।

WhatsApp Image 2026-05-11 at 1.48.36 PM

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धनकुटाले जिल्लाको सुरक्षा अवस्था, लागूऔषध नियन्त्रण, अपराध अनुसन्धान, ट्राफिक व्यवस्थापन तथा समुदाय–प्रहरी साझेदारी कार्यक्रमलगायतका गतिविधिबारे जानकारी गराएको थियो।

मन्त्री पराजुलीले कार्यालय भवनको अवलोकन गर्नुका साथै मातहतका प्रहरी इकाइहरूको अवस्था, जनशक्ति व्यवस्थापन, स्रोत साधन र सेवा प्रवाहका विषयमा समेत चासो व्यक्त गर्नुभएको थियो।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी सरद कुमार थापा लगायत प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो।