इटहरी | होलसेल मूल्यमा उच्च गुणस्तरीय तथा विभिन्न मोडलका फर्निचर सामग्रीहरू एकै स्थानबाट बिक्री–वितरण गर्ने उद्देश्यसहित इटहरीमा ‘सोफा होलसेल’ व्यवसायको उद्घाटन गरिएको छ। 

इटहरीकी सफल महिला व्यवसायी शारदा पौडेलले रिबन काटेर उक्त व्यवसायको उद्घाटन गरेकी हुन्।

इटहरीको पूर्वलाइन क्षेत्रमा ‘सोफा होलसेल’को पाँचौं शाखा उद्घाटन गरिएको हो। युवा व्यवसायी बिमल आले मगर ले उक्त व्यवसाय इटहरीमा सञ्चालन गरेका हुन्।

पूर्वी तराईमा घरजग्गाको कारोबार बढ्दै जाँदा आरामदायी तथा आधुनिक फर्निचरको मागसमेत बढिरहेको अवस्थामा उच्च गुणस्तरीय र विभिन्न मोडलका फर्निचर सामग्रीहरूको बिक्री–वितरणलाई सहज बनाउन ‘सोफा होलसेल’ सञ्चालनमा ल्याइएको सञ्चालक मगरले बताए।

स्वदेशी काठबाट उत्पादित लोबेड, आरामदायी सोफा, दराज, डाइनिङ लगायत घरमा आवश्यक पर्ने विभिन्न फर्निचर सामग्रीहरूको उत्पादन तथा बिक्री–वितरण गरिनेछ। साथै उद्घाटनको अवसर पारेर ग्राहकहरूका लागि विभिन्न आकर्षक अफरसमेत ल्याइएको  छ ।