इटहरी । सप्तकोशी नदीले बर्सेनि धार परिवर्तन गर्दा नदी उकास क्षेत्र श्रीलङ्का टप्पु खुम्चिँदै गएको छ । प्रत्येक वर्ष बसोबास भूभाग बाढी र कटानमा पर्दै जाँदा श्रीलङ्काटप्पुु क्षेत्र खुिम्चँदै गएको हो । दशकौँदेखि बसोबास क्षेत्र रहेको श्रीलङ्का टप्पुुमा नदीले बर्सेनि कटान गर्दा बस्ती क्षेत्र पनि नदीसँगै बग्दै गएका छन् ।

नदीले कटान गर्दा टप्पुको गरैयाटोल क्षेत्रबाट गत वर्ष पनि घर सार्नु परेको स्थानीय बालक चन्द्रवंशीले बताउनुभयो । उहाँका अनुसार पछिल्ला केही वर्षदेखि कोशीको कटान टप्पुुतिरै बढेको छ ।  टप्पुुमै जन्मिएर हुर्किएका अनिल चन्द्रवंशीे टप्पुुसँगै कोशी कोरिडोर क्षेत्रमा बसोबास गर्दै आएका स्थानीय पनि बर्खामा हुने कटान टप्पुक्षेत्रमै हुँदा डर र त्रास रहेको बताउनुहुन्छ । सात दशकअघि श्रीलङ्काटप्पुु अहिलेको भन्दा झन्डै दोब्बर ठुलो रहेको स्थानीय बताउँछन् । टप्पुु क्षेत्रमा सात दशकदेखि मानवीय बसोबास रहेको र कृषिका लागि उर्वर भूमि रहेकाले यहाँका मानिस कृषिकर्ममा रमाउँदै आएको वराहक्षेत्र–९, राजावासका लालबहादुर लिम्बू बताउनुहुन्छ । उहाँका अनुसार प्रशस्त चरनक्षेत्रसमेत भएकाले टप्पुुवासी पशुपालन पनि गर्दै आएका छन् ।

गोलभेँडा, तरकारी, मकै, गहुँ, बदाम, उखु, बेसार उत्पादनका लागि उर्वर भूमि मानिने टप्पु क्षेत्र कोशी नदीको कटानका कारण विस्तारै साँघुरिँदै गएको बताइन्छ । नदी कटानले हरेक वर्ष जमिन काट्दै लैजाँदा दशकौँदेखि टप्पुलाई आफ्नो थातथलो बनाएर बसोबास गर्दै आएका टप्पुवासीले आफ्नो भविष्यसमेत बगिरहेको महसुस गरेका छन् । आफ्नो माटोसँगको मोह र जीविकोपार्जनको आधार यही भएकाले टप्पु क्षेत्र छोड्न नसकेको स्थानीय बद्री राई बताउनुहुन्छ ।कोशीको सतह घट्दै जाँदा टप्पुवासीमा हिम्मत पनि बढ्छ तर फेरि अर्को वर्षायाम आउँछ र कोशीको पानीको सतह बढ्दा बस्तीसँगै पानीमा विलीन हुने हो कि भन्ने त्रासबाट भने कहिल्यै मुक्त हुन नसकेको उहाँको भनाइ छ ।  वर्षायामभरि कोशीले मच्चाउने वितण्डाबाट त्रसित टप्पुुवासीलाई हिउँदमा भने जङ्गली जनावरको पनि पीडा छ । टप्पुुमा बाढीको त्राससँगै हिउँदमा जङ्गली हात्ती र वन्यजन्तुको आतङ्क पनि टप्पुुवासीको अर्को समस्या बनेको छ ।

आरक्ष क्षेत्रबाट निस्कने जनावरले बाली नष्ट गर्ने र जनधनमा क्षति पु‍¥याउने गरेका छन् । टप्पु क्षेत्रको अनुकूल वातावरणका कारण कृषि उपज र पशुपालन असाध्यै राम्रो हुने भएकाले दशकौँदेखि त्यहाँ रहेर जीविका चलाइरहेका टप्पुवासीे टप्पु क्षेत्रलाई चटक्कै छोड्न सकेका छैनन् । सुनसरीको पश्चिमी सिमाना र उदयपुरको पूर्वी सिमाना छुट्याउने सप्तकोशीको भेल र कोशीको सिपेचको बिचमा रहेको टप्पुका गाउँ सप्तकोशी नदीले बेला बेला धार परिवर्तन गर्दा कटानमा पर्छन् । वराहक्षेत्र नगरपालिकाको वडा नम्बर ६, ९ बेलकाको २ र ३ वडा टप्पुुमा पर्छ । १४ किलोमिटर लम्बाइ र पाँच किलोमिटर चौडाइको क्षेत्रफलमा फैलिएको टप्पुमा पाँच हजारभन्दा बढीको सङ्ख्यामा मानिसको बसोबास रहेको वराहक्षेत्र नगरपालिका–६ का वडाध्यक्ष उद्धव पोख्रेलले बताउनुभयो । वडाध्यक्ष पोख्रेलका अनुसार यस वर्ष बढी कटान हुने ठाउँमा प्रोव्रmोपाइल र जाली–ढुङ्गा लगाउने काम भएको छ । हरेक वर्ष जेठदेखि भदौसम्म नदीले कटान गर्ने चिन्ताले टप्पुुवासीलाई पिरोल्छ । कोशीको कटानले टप्पुुको अस्तित्वै राख्ला, नराख्ला भन्ने त्रासदी रहिरहने टप्पुवासी बताउँछन् ।