इटहरी | मोरङको सुन्दहरैंचा नगरपलिका वडा नम्बर ६ मा रहको सुन्दर जनसेवा टोल विकास संस्थाको सातौं वार्षिक साधरण सभा गरिएको छ ।
शनिबार आयोजना गरिएको संस्थाको वार्षिक उत्वसमा सुन्दर जनसेवा टोल विकास संस्थाका अध्यक्ष अर्जुन कुमार खत्रीको अध्यक्षता तथा समाजसेवि देभराज तामाङको प्रमुख अतिथिमा गरिएको थियो ।
संस्थाको प्रतिवेदन अध्यक्ष अर्जुन कुमार खत्रीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उहाँले संस्थामा टोल विकासको हकहितमा लगेर काम गरेको बताउनु भयो । टोल विकासका स्थानियहरू एकजुट हुन् महत्वपुर्ण रहेको उहाको भनाइ छ ।
कार्यक्रमका प्रमुख अतिथि समाजसेवि देभराज तामाङले टोल विकासलाई आगामि दिनमा सहयोग गर्ने बताउनु भयो । टोल विकास संस्थालाई स्थानीय सरकारले ध्यान दिन आवश्यक रहेको उहाँको भनाइ छ ।
वार्षिउत्वसकै अवसमा टोल विकासका जेष्ठ नागरिक , अपाङ्ग , एसईइमा उत्कृष्ट नम्बर ल्याउने विद्यार्थी , राष्टिय खेलाडि संस्थामा उत्कृष्ट काम गर्ने लगाएतलाई प्रमाण पत्र र खादा मालाले सम्मान गरिएको थियो ।
संस्थाको जम्मा खर्च ५ लाख रहेको छ । संस्थाको सातौं वार्षिकोत्सव साधारण सभाबाट नयाँ कार्यसमति गठन गरिएको थियो ।


