इनरुवा, सुनसरी / इनरुवा नगरपालिकाले आगामी जेठ १५ गते पहिलो पटक “इनरुवा डे (दिवस)” उत्सवका रूपमा मनाउने तयारी गरेको छ। दिवसको अवसरमा झण्डोत्तोलन, सांस्कृतिक झाँकी प्रदर्शन, रक्तदान, स्वास्थ्य शिविर, खेलकुद प्रतियोगिता तथा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रम तय गरिएको नगरपालिकाले जनाएको छ।

नगर प्रमुख केदार भण्डारीले “इनरुवा डे” ले इनरुवाको ऐतिहासिक पहिचान, सामाजिक एकता र विकासको सन्देश फैलाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले इनरुवालाई थप व्यवस्थित, सुन्दर र पहिचानयुक्त नगरका रूपमा विकास गर्ने लक्ष्यसहित दिवस मनाउन लागिएको बताउनुभयो।

नगरपालिकाले विगतका तिता–मिठा अनुभवलाई बिर्सेर सबैलाई सकारात्मक सोचसहित कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ।