इटहरी। मोरङको उर्लाबारी–१ लक्ष्मीझारकी अन्दाजी ४५ वर्षीया सविता लिम्बूको शव बक्राहा खोला किनारमा फेला परेको छ। लिम्बू चार दिनदेखि हराइरहनु भएको थियो । उहाँको शव मङ्गलबार बिहान स्थानीयले गाईवस्तु चराउने क्रममा देखेपछि इलाका प्रहरी कार्यालय प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय उर्लाबारीको टोली घटनास्थल पुगेर मुचुल्का तथा अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ। स्थानीयका अनुसार शव फुलिएको अवस्थामा फेला परेको थियो । मृतकको पहिचान उहाँले लगाएको कपडाका आधारमा श्रीमानले गर्नुभएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ। शव पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

