इटहरी । बेलबारी फुटबल क्लब धनकुटामा जारी १८औँ सहिद भिमनारायण गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
धनकुटाको तल्लो टुँडिखेलमा शुक्रबार भएको खेलमा बेलबारीले बिर्तामोड युनाईटेड क्लब झापालाई ३–० गोलले हरायो ।
बेलबारीको जितमा सलमान किङले सबै गोल गर्नुभयो । सलमान प्लेयर अफ दि म्याच हुनुभयो । उहाँले ६ हजार रुपियाँ पुरस्कार पाउनुभयो ।


