इटहरी / मोरङको बुढीगंगा तेक्वान्दो डोजाङले आगामी जेठ १७ गते आयोजना हुने अन्तर डोजाङ तेक्वान्दो च्याम्पियनसिप २०८३ सम्बन्धी जानकारी प्रेस मिटमार्फत सार्वजनिक गरेको छ।
पाथीभरा बोर्डिङ स्कुलको सभाहलमा हुने प्रतियोगितामा ७ वटा डोजाङबाट १५० जना भन्दा बढी खेलाडीहरूको सहभागिता रहने आयोजकले जनाएको छ। प्रेस मिटमा बुढीगंगा तेक्वान्दो डोजाङका अध्यक्ष अबिनास थापाले प्रतियोगिताले तेक्वान्दो खेलको विकास, खेलाडीहरूबीच प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि तथा नयाँ प्रतिभाको पहिचानमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा कोषाध्यक्ष मन्दिरा राईले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै सफल आयोजनाका लागि आवश्यक व्यवस्थापन कार्य भइरहेको बताउनुभयो।
प्रेस मिटमा उपस्थित समाजसेवी तथा खेलप्रेमी रमेश खत्रीले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्दै खेलकुदले युवापुस्तालाई अनुशासित र सकारात्मक मार्गमा अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले खेल क्षेत्रको विकासका लागि यस्ता प्रतियोगितालाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
आयोजकका अनुसार प्रतियोगितामा विभिन्न तौल समूह र उमेर समूहका खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितालाई सफल बनाउन स्थानीय खेलप्रेमी, अभिभावक तथा सरोकारवालाहरूको सहयोग रहने अपेक्षा गरिएको छ।


