इटहरी। त्रियुगा नगरपालिका वडा नं। १२ फूलचोक क्षेत्रबाट जुवा खेलिरहेको अवस्थामा ११ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।
स्थानीय महेन्द्र चौधरीको घरमा जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले घरधनी चौधरिसहित ११ जनालाई पक्राउ गरेको हो । जुवाको खालबाट नगद एकलाख ८२ हजार ३८२ तथा १६ वटा कौडा, ११ थान मोबाइल फोन र ५ थान मोटरसाइकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा घरधनी ४५ वर्षीय महेन्द्र चौधरी, ५२ वर्षीय चिरन राई, ३४ वर्षीय जितन राई, २८ वर्षीय तिलक राई, ३५ वर्षीय जगदीश राई, ३३ वर्षीय नविन तामाङ, ५४ वर्षीय वसन्त राई, ६२ वर्षीय नारायण पौडेल, ५१ वर्षीय रविन्द्र राई, ५४ वर्षीय हेमन्त राई र २८ वर्षीय रुद्रबहादुर परियार रहेका छन् ।
निजहरुलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


