इटहरी । सुनसरीको इटहरी स्थित आपगाछी नजिकै शान्ति चोक अगाडि रहेको स्टेशन पब होटल पुनः नयाँ स्वरूपका साथि सञ्चालन गरिएको छ ।
इटहरी उपमहानगरपालिका–१, सोल्टी वेस्टएन्ड अगाडि रहेको होटल परिमार्जित र नयाँ स्वरूपका साथ औपचारिक रूपमा सञ्चालनमा आएको छ । उद्घाटन समारोहलाई थप विशेष र मनोरञ्जनात्मक बनाउन स्थापित गायिका जुनु प्रसाईंको विशेष साङ्गीतिक प्रस्तुति रहेको थियो। सुमधुर सङ्गीत र रमाइलो वातावरणका बीच ग्राहकहरूले स्वादिष्ट परिकारहरूको स्वाद लिँदै उद्घाटन उत्सवको भरपूर आनन्द उठाएका थिए ।
होटलका सञ्चालक गोपाल गिरिका अनुसार सुरुवातदेखि नै ग्राहकहरूको रोजाइ र सन्तुष्टिलाई प्राथमिकतामा राख्दै सेवा प्रदान गरिएको छ । नयाँ स्वरूपका साथ बिहे व्रर्तबन्ध गर्न सक्ने स्टेज बनाएर हल सहित सञ्चालनमा आएको सञ्चालक गिरिले बताउनु भयो । आगामी दिनमा अझ उत्कृष्ट सेवा, नयाँ परिकार र पारिवारिक वातावरणसहित अगाडि बढ्ने योजना रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।
होटलमा स्वादका पारखीहरूका लागि विशेष गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। यहाँ विभिन्न परिकारहरू, कफी र पेय पदार्थहरू स्वादिष्ट, सफा र आरामदायी वातावरणमा उपलब्ध छन् । पारिवारिक भेटघाट, साथीभाइसँगको जमघट, जन्मदिन तथा साना–ठूला कार्यक्रमका लागि हल सहित उपयुक्त स्थानको व्यवस्था गरिएको छ ।
सहज पार्किङ, मैत्रीपूर्ण सेवा र शान्त वातावरणका कारण यो स्थान दिनप्रतिदिन लोकप्रिय बन्दै गएको छ । इटहरी तथा आसपासका क्षेत्रमा स्वादिष्ट खाना र गुणस्तरीय सेवाको खोजीमा रहेका सबैका लागि स्टेशन पब एकउत्कृष्ट रोजाइ बन्न सक्ने देखिन्छ ।


