इटहरी । झापाको कमल गाउँपालिकामा भान्सामा खाना पकाउँदै गरेकी एक महिलाको विषालु कोब्रा सर्पको डसाइबाट मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सोमबार साँझ करिब ७ः५० बजे कमल गाउँपालिका–३ निवासी ४० वर्षीया सरस्वती मगर लिम्बूलाई आफ्नै भान्सा कोठामा खाना पकाउने क्रममा कोब्रा सर्पले डसेको थियो।
सर्पले डसेपछि उहाँलाई तत्काल उपचारका लागि नेपाल रेडक्रस सोसाइटी दमकस्थित सर्पदंश उपचार केन्द्रमा लगिएको थियो। उपचारकै क्रममा राति १०ः४० बजे चिकित्सकले उहाँलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

