इटहरी । मोरङ प्रहरीले लागुऔषध सेवन ९लापसे० गरेर सवारीसाधन चलाइरहेका १० जना चालकलाई पक्राउ गरेको छ। बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले विराटनगरमा सञ्चालन गरिएको विशेष चेकजाँचका क्रममा उनीहरू पक्राउ परेका हुन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीको संयुक्त टोलीले मंगलबार अपराह्न ४ बजेदेखि ५ बजेसम्म विराटनगर महानगरपालिका–१६ स्थित हुलास चोकमा विशेष सवारी जाँच अभियान सञ्चालन गरेको थियो। चिकित्सकको उपस्थितिमा लापसे परीक्षण किट प्रयोग गरी गरिएको परीक्षणमा १० जना चालकमा लागुऔषध सेवन गरेको पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेको नेतृत्वमा खटिएको टोलीले सार्वजनिक नम्बर प्लेट भएका नौ वटा सिटी सफारी र एउटा निजी मोटरसाइकलका चालकको परीक्षण गर्दा सबैको रिपोर्ट पोजिटिभ आएको थियो। त्यसपछि चालकहरूलाई सम्बन्धित सवारीसाधनसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१८ का २१ वर्षीय सुभाष यादव रहेका छन्। उनी प्र १–०४–००२ प २२३६ नम्बरको मोटरसाइकल चलाइरहेका थिए। त्यस्तै विराटनगर–१४ का २४ वर्षीय दिलावर अन्सारी ९प्र १–०२–००४ ह २९०२०, कटहरी गाउँपालिका–४ का २७ वर्षीय उमेशकुमार ऋषिदेव ९प्र १–०१–००२ ह ३२७७०, विराटनगर–१२ का २२ वर्षीय मोहम्मद हुसेन ९प्र १–०२–००४ ह ७३४००, विराटनगर–१५ का ३१ वर्षीय विशाल साह ९प्र १ ह ०९५६० तथा विराटनगर–४ का २२ वर्षीय अभिषेक यादव ९प्र १–०२–००४ ह ०३३५० रहेका छन्।
यस्तै पक्राउ पर्ने अन्य चालकमा विराटनगर–१३ का २८ वर्षीय सुरज मण्डल ९प्र १–०२–००३ ह ६२३९०, विराटनगर–९ का ४२ वर्षीय रजक मियाँ ९प्र ०२–००२ ह ९३६२०, विराटनगर–६ का २४ वर्षीय शिवम साह ९प्र १–०३–००३ ह ७४९१० र विराटनगर–८ का २३ वर्षीय आयुष घिमिरे ९प्र १–०२–००४ ह ८३१०० रहेका छन्। पक्राउ परेकामध्ये सुभाष यादवबाहेक अन्य सबै सिटी सफारी चालक हुन्। मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार परीक्षणका क्रममा चालकहरूले लागुऔषध सेवन गरेको पुष्टि भएपछि सम्बन्धित सवारीसाधनसहित नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरी प्रचलित कानुनबमोजिम कारबाही गरिने उनले बताए। प्रहरीका अनुसार पछिल्लो समय मुख्य राजमार्ग तथा भित्री सडकमा मादक पदार्थ सेवन ९मापसे० तथा लागुऔषध सेवन गरेर सवारी चलाउने प्रवृत्ति बढ्दै गएको छ। यस्ता गतिविधिका कारण सवारी दुर्घटनाको जोखिम बढेकाले दुर्घटना न्यूनीकरण गर्न विशेष निगरानी र चेकजाँचलाई निरन्तरता दिइएको प्रहरीले जनाएको छ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले मादक पदार्थ वा लागुऔषध सेवन गरेर सवारीसाधन नचलाउन सबै चालकलाई आग्रह गरेका छन्। यस्ता गतिविधिमा संलग्न पाइए कानुनबमोजिम कडा कारबाही गरिने स्पष्ट पार्दै उनले नागरिकलाई पनि सचेत रहन आग्रह गरेका छन्। उनका अनुसार कसैले मापसे वा लापसे गरेर सवारी चलाएको देखे वा त्यस्तो आशंका लागे तत्काल नेपाल प्रहरीको हटलाइन नम्बर १०० वा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा सूचना दिन सकिन्छ।
एसपी कटवालले चालकमा मापसे र लापसे गरेर सवारी चलाउने प्रवृत्तिमाथि प्रहरीले थप कडाइ गरिरहेको उल्लेख गर्दै त्यसबाट सवारी दुर्घटना न्यूनीकरण र सडक सुरक्षामा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे।


