इटहरी । प्राइम भिजन इन्टरनेसनल कलेज, धरान–१२ ले कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेको छ। शनिबार होटल पूर्वी स्टारमा आयोजित स्वागत कार्यक्रममा कलेजका निर्देशक दुर्गा सुवेदी लगायतले नवआगन्तुक विद्यार्थीलाई अबिर तथा खादा लगाएर स्वागत तथा सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा गत वर्ष अध्ययन, अतिरिक्त क्रियाकलाप लगायत विभिन्न क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो। विद्यार्थीहरूले आकर्षक गीत तथा नृत्य प्रस्तुत गर्दै कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएका थिए । स्वागत कार्यक्रममा विद्यार्थी, शिक्षक तथा कलेज परिवारबीच आत्मीयता र उत्साहपूर्ण वातावरण देखिएको थियो।
कलेजले विद्यार्थीको शैक्षिक विकाससँगै व्यक्तित्व, नेतृत्व क्षमता तथा सिर्जनात्मक सीप विकासलाई प्राथमिकता दिँदै विभिन्न रचनात्मक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको जनाएको छ। यस्ता कार्यक्रमले विद्यार्थीमा आत्मविश्वास अभिवृद्धि गर्नुका साथै उनीहरूको प्रतिभा प्रस्फुटनमा समेत सहयोग पुग्ने कलेजको विश्वास छ ।


