इटहरी स् पाँचथरसहित पूर्वी पहाडी जिल्लामा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ। बिहीबार बिहानैदेखि सुरु भएको वर्षा साँझपछि थप बाक्लिएको छ। वर्षा नरोकिँदा सर्वसाधारणको दैनिक गतिविधिसमेत प्रभावित भएको छ।
बिहीबार बिहानदेखि साँझसम्म छिटफुट वर्षा भए पनि साँझपछि भने लगातार पानी परिरहेको छ। वर्षाका कारण स्थानीय बासिन्दा घरबाहिर निस्कन सकेका छैनन्। निरन्तर झरीसँगै चिसो बढेपछि विशेषगरी ज्येष्ठ नागरिक प्रभावित भएका छन्। वर्षाले पाक्ने तयारीमा रहेको धान, कोदोलगायतका बाली ढालेपछि किसानलाई क्षति पुगेको छ। खेतमा लगाइएको अन्नबाली ढलेर नोक्सान भएको स्थानीयले बताएका छन्। झरीका कारण पशुचौपाया तथा अन्य कृषि उपजसमेत प्रभावित भएका छन्।
अर्नव चक्रवातको प्रभावका कारण वर्षा भइरहेको जनाइएको छ। वर्षा तत्काल रोकिने संकेत नदेखिएकाले ग्रामीण क्षेत्रको जनजीवन र कृषि क्षेत्रमा थप असर पर्न सक्ने देखिएको छ।

