इटहरी स् आवासका लागि सहयोग समूह ९लुमन्ती० ले मोरङको सुन्दरहरैँचा नगरपालिकाका विभिन्न स्थानमा सञ्चालन गरेका विकास निर्माणका योजनाको स्थलगत अनुगमन गरिएको छ।
स्थानीय समुदायको आवास, खानेपानी, सरसफाइ, पूर्वाधार विकास तथा महिला सशक्तीकरणका क्षेत्रमा लुमन्तीले सञ्चालन गरेका कार्यक्रमको प्रभावकारिता र उपलब्धिबारे जानकारी लिने उद्देश्यले अनुगमन गरिएको हो। अनुगमनका क्रममा लुमन्तीद्वारा निर्माण गरिएका आवास, खानेपानीका धारा, ढल निकास ९ड्रेन०, पेभर्स बिछ्याउने कार्य, तटबन्ध तथा सामुदायिक भवनको अवस्थाबारे निरीक्षण गरिएको थियो। त्यस्तै, निर्माण सम्पन्न भएका संरचनाबाट स्थानीय बासिन्दाले प्राप्त गरेको सुविधा र तिनको उपयोगिताबारे समेत जानकारी लिइएको थियो।
टोलीले लुमन्तीद्वारा गठन गरिएको समावेशी महिला बचत तथा ऋण सहकारी संस्थाले सञ्चालन गर्दै आएका गतिविधि र संस्थागत प्रगतिबारे पनि जानकारी लिएको थियो। महिला आर्थिक सशक्तीकरण, सामुदायिक सहभागिता तथा बचत र ऋण परिचालनका क्षेत्रमा संस्थाले पुर्याएको योगदानबारे समीक्षा गरिएको थियो। अनुगमनमा सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाई, उपप्रमुख अकली चौधरी, कार्यपालिका सदस्य तथा स्थानीय बासिन्दाको सहभागिता रहेको थियो। त्यसैगरी, जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राईसहितको टोलीले पनि विभिन्न स्थानमा पुगेर योजनाको अनुगमन गरेको थियो।
लुमन्तीकी फिल्ड संयोजक लक्ष्मी राईसहित संस्थाका कर्मचारी, जागृत युवा समाजका प्रतिनिधि तथा समावेशी महिला बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी पनि अनुगमनमा सहभागी थिए। स्थानीय तह, सामाजिक संस्था र समुदायबीचको सहकार्यमा सञ्चालित विकास निर्माणका योजनाको अवस्था पहिचान गर्दै आगामी दिनमा कार्यक्रमलाई थप प्रभावकारी बनाउने उद्देश्यले अनुगमन गरिएको जनाइएको छ। यस्ता कार्यक्रमले स्थानीयको जीवनस्तर सुधार, आधारभूत सेवामा पहुँच विस्तार र सामाजिक तथा आर्थिक सशक्तीकरणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।

