इटहरी स् झापाको शिवसताक्षी नगरपालिका–९ स्थित संगम चोकमा विद्युत् ट्रान्सफर्मर चोरी भएको छ । चोरहरूले ट्रान्सफर्मर नै पोलबाट झारेर त्यसका भित्री पार्टपुर्जा निकालेर लगेका छन् ।
संगम खानेपानी उपभोक्ता समितिको कार्यालय परिसरमा विद्युत् प्राधिकरणले जडान गरेको ट्रान्सफर्मर गएराति राति चोरी भएको हो । चोरहरूले ट्रान्सफर्मरलाई पोलबाट झारेर जमिनमा राखेपछि भित्रका पार्टपुर्जा निकालेर लगेका थिए । घटनाबारे बिहीबार बिहान जानकारी पाएपछि इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।
ट्रान्सफर्मर चोरीमा संलग्न व्यक्तिको पहिचान र खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्नको खोजी गर्नुका साथै चोरीको प्रकृतिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

