इटहरी । नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षणसँगै विद्यालयको शैक्षिक विकासमा समुदायको सहकार्य जुटाउने उद्देश्यले अरुण गाउँपालिका–७, सिक्रेटारस्थित सगरमाथा माध्यमिक विद्यालयको आयोजनामा देउसी–भैलो कार्यक्रम २०८३ सञ्चालन गरिएको छ ।
विद्यालयमा आईसीटी तथा कम्प्युटर कक्षा सञ्चालनका लागि आवश्यक आर्थिक स्रोत संकलन गर्ने मुख्य उद्देश्यसहित आयोजित कार्यक्रमले नेपाली मौलिक चाडपर्व, संस्कार र सांस्कृतिक विरासतलाई नयाँ पुस्तामाझ हस्तान्तरण गर्ने सन्देश प्रवाह गरेको छ। कार्यक्रममा अरुण गाउँपालिकाका पूर्वअध्यक्ष गजेन्द्रबहादुर कार्की प्रमुख अतिथि रहनुभएको थियो भने अरुण गाउँपालिका–३ का वडाध्यक्ष कुमार कार्की विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी, समाजसेवी एवं अरुण आध्यात्मिक प्रतिष्ठानका सचिव सोमनाथ कोइरालाको समेत उपस्थिति रहेको थियो।
सिक्रेटारका वडाध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक, बुद्धिजीवी, समाजसेवी तथा स्थानीयवासीको उल्लेख्य र उत्साहजनक सहभागिता रहेको थियो। देउसी–भैलो केवल मनोरञ्जनको माध्यम मात्र नभई शिक्षा, संस्कृति र सामाजिक एकताको साझा अभियान बनेको छ। यसले विद्यालय र समुदायबीचको सम्बन्धलाई थप प्रगाढ बनाउँदै प्रविधिमैत्री शिक्षाको विस्तार तथा मौलिक संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ।


