इटहरी। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ३० औँ वार्षिक वैज्ञानिक कार्यक्रम ९एएसपी–२०२६० बुधबारदेखि सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने कार्यक्रममा प्रतिष्ठानका चिकित्सक, प्राध्यापक, अनुसन्धानकर्ता र स्वास्थ्य क्षेत्रका विज्ञले गरेका १५६ वटा अनुसन्धानका सार प्रस्तुत गरिने भएको बताइएको छ ।
‘उत्कृष्टताको ३० वर्ष विज्ञानलाई समाजसँग जोड्दै’ भन्ने सन्देशका साथ सुरु भएको कार्यक्रममा अनुसन्धानकर्ताले मौखिक र पोस्टर प्रस्तुतिमार्फत आफ्ना अनुसन्धान सार्वजनिक गर्ने कार्यक्रम रहेको प्रतिष्ठानले जनाएको छ । प्रस्तुत अनुसन्धानमध्ये विभिन्न विधामा उत्कृष्ट छनोट गरी पुरस्कृत गर्ने कार्यक्रमसमेत रहेको कार्यक्रम संयोजक तथा प्रतिष्ठानका अनुसन्धान डिन प्रोफेसर डा। आशिष सुवेदीले बताउनुभयो । उहाँका अनुसार यस वर्ष अनुसन्धान प्रस्तुतिका लागि १५६ वटा अनुसन्धानका सार प्राप्त भएका छन् । कार्यक्रम तीन दिनसम्म विभिन्न वैज्ञानिक सत्रमा प्रस्तुत गरिनेभएको छ ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा यस वर्षदेखि ४० वर्षमुनिका अनुसन्धान कर्तालाई प्रोत्साहन गर्ने उद्देश्यले युवा अनुसन्धानकर्ता पुरस्कारसमेत सुरु गरिएको कार्यक्रम संयोजक प्रोफेसर डा। आशिष सुवेदीले बताउनुभयो । उहाँका अनुसार अनुसन्धान प्रकाशनको संख्या र मूल्याङ्कनका आधारमा यस वर्ष देखि पुरस्कार प्रदान गरिएको छ । यस वर्षको पुरस्कार प्रतिष्ठानको कलेज अफ डेन्टल सर्जरीमा कार्यरत डा। प्रज्ञा रेग्मीले प्राप्त गर्नुभएको छ । पुरस्कारका लागि छ जनाको आवेदन परेको प्रतिष्ठानले जनाएको छ । कार्यक्रमको अन्तिम दिन शुक्रबार विभिन्न विधामा उत्कृष्ट अनुसन्धान प्रस्तुतीकरण गर्ने अनुसन्धानकर्तालाई पुरस्कार प्रदान गरिने संयोजक सुवेदीले जानकारी दिनुभयो । स्नातक, स्नातकोत्तर तथा प्राध्यापक समूहका अनुसन्धान कर्ताबिच प्रतिस्पर्धाबाट उत्कृष्ट प्रस्तुति छनोट गरिनेछ जनाएको छ ।
कार्यक्रममा प्रतिष्ठानका चिकित्सक तथा अनुसन्धानकर्ताले अघिल्लो वर्ष गरेका अनुसन्धान समेटिएको वार्षिक वैज्ञानिक पुस्तक ९एनुअल साइन्टिफिक बुक० पनि विमोचन गरिएको थियो । पुस्तकले प्रतिष्ठानमा भइरहेका अनुसन्धानात्मक गतिविधिलाई अभिलेखीकरण गर्न सहयोग पुग्ने प्रतिष्ठानले जनाएको छ । कार्यक्रममा प्रतिष्ठानका प्राध्यापक डा। सञ्जीवकुमार शर्माले ‘क्लिनिकल रिसर्चबारे व्यक्तिगत दृष्टिकोण’ विषयमा प्रस्तुती गर्नु भएको थियो । अनुसन्धान क्षेत्रमा उहाँले पुर्याउनुभएको योगदानको कदर गर्दै मुख्य वक्ताका रूपमा आमन्त्रण गरिएको संयोजक सुवेदीले बताउनुभयो ।
प्रतिष्ठानको सभागृहमा आयोजित उद्धघाटन समारोहमा उपकुलपति प्रोफेसर डा। स्मृति कार्की, शिक्षाध्यक्ष प्रोफेसर डा। शिवेन्द्र झा, रजिस्ट्रार धरणीधर बराल, अस्पताल निर्देशक डा। इन्द्र लिम्बूलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा नोभेम्बर १८ देखि २० तारिखसम्म सञ्चालन हुने कार्यक्रमले स्वास्थ्य विज्ञान, चिकित्सा शिक्षा र अनुसन्धानमा संलग्न चिकित्सक, प्राध्यापक तथा विद्यार्थीलाई अनुसन्धान प्रस्तुत गर्ने र अनुभव आदानप्रदान गर्ने साझा मञ्च प्रदान गर्ने कार्यक्रम रहेको संयोजक प्रोफेसर डा। आशिष सुवेदीले बताउनुभयो ।


