इटहरी । ताप्लेजुङ र पाँचथरबाट सिधै प्रदेश राजधानी आउन सकिने गरी कोशी प्रदेश सरकारले निर्माण सुरु गरेको लेटाङ–६ नं। बुधबारे सडक ९कानेपोखरी–लेटाङ–बुधबारे–दुर्दिम्बा–लिम्बा० निर्माण गर्ने कम्पनी पुनः काममा फर्किने भएको छ ।  

४२ प्रतिशत काम गरेर सडक अलपत्र छाडेको निर्माण कम्पनीलाई स्थानीय सडक उपभोक्ताले आइतबार अलपत्र सडकखण्डमै ल्याएर काम थाल्ने सहमति गराएका छन् । निर्माण कम्पनीले लेटाङ–६ को किराँतचोकदेखि गुवाबारीसम्म पुस ५ भित्र कालोपत्रे गरिसक्ने भएको छ । कोशी प्रदेश सरकारले ताप्लेजुङ र पाँचथर जिल्लालाई प्रदेशको राजधानी विराटनगरसँग जोड्ने छोटो सडकका रूपमा २०८० सालमा यसको निर्माण सुरु गरेको हो । २९।६० किलोमिटर लम्बाइको यो सडक कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री केदार कार्कीले २०८० साल मङ्सिर २२ गते शिलान्यास गर्नुभएको थियो । सम्झौता अनुसार सडक दुई वर्षमा निर्माण गरिसक्नु पथ्र्यो ।  राँके–रवि र भेडेटार नभई सिधै फिदिमबाट धनकुटाको चौबिसे हुँदै मोरङको लेटाङ–कानेपोखरी सडक हुँदै महेन्द्र राजमार्गसँग जोडिने यो सडक मेची राजमार्गबाट विराटनगर पुग्नभन्दा आधा छोटो छ  । ८७ करोड तीन लाख ५३ हजार २७ रुपियाँमा निर्माण सम्पन्न हुने भनिएको सडक २०८३ वैशाख २८ गते पूर्वाधार विकास कार्यालय कोशी प्रदेशलाई हस्तान्तरण गर्ने गरी सन्तोषी–जोया एन्ड ब्रदर्स जेभीले निर्माण सुरु गरेको थियो । सम्झौता मिति सकिँदासम्म सडकको भौतिक प्रगति ४२ र वित्तीय प्रगति ३४ प्रतिशत मात्र छ । 

पूर्वाधार विकास कार्यालय मोरङका प्रमुख इन्जिनियर खरानन्द इसरले भन्नुभयो, “मध्यपूर्वको युद्धका कारण बिटुमिन अभाव भई कालोपत्रेको काम रोकिएको थियो । ठेक्का लागेर पनि छ महिनापछि मात्र काम सुरु भयो । छ किमी सडक कालोपत्रे भइसकेको छ । सडकका उपभोक्ता लेटाङ–६, गुवाबारी सङ्गमटोलका सुरज न्यौपानेले भन्नुभयो, तोकिएको अवधिमा सडक नबने अझ सशक्त दबाब दिने अर्का उपभोक्ता नीरज ढकालले बताउनुभयो । लेटाङ नगरपालिकाका नगरप्रमुख भूपेन्द्रकुमार लावतीले समयमा सडक नबन्दा दोष जति नगरपालिकाले खेप्नु परिरहेको बताउनुभयो । नगरपालिकासँगै उपभोक्ताले पनि पटक पटक काम छिटो सम्पन्न गर्न पूर्वाधार कार्यालय र निर्माण कम्पनीलाई आग्रह गरेपछि निर्माण कम्पनी काममा फर्किएको उहाँले बताउनुभयो । उहाँले कालेबुदुली ९कानेपोखरी–लेटाङ–बुधबारे–दुर्दिम्बा–लिम्बा० सडक कोशी प्रदेशको उत्तरपूर्वको हिमाली जिल्लासँग तराईलाई जोड्ने छोटो र महŒवपूर्ण सडकमार्ग भएको बताउनुभयो । तराईको खाद्यान्न पहाड लिएर जाने र पहाडबाट तरकारी, फलफूल, जडीबुटी लिएर आउन पनि सहज हुने यो सडक सपना जस्तै बनेको नगरप्रमुख लावतीले बताउनुभयो ।  

विसं २०३६ मा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले पहिलो पटक धनकुटाको ६ नं। बुधबारेमा ट्र्याक खोल्नका लागि सडक शिलान्यास गर्नुभएको थियो । त्यसयता उक्त सडक कालोपत्रे गर्न धेरै पहल भए पनि सडक निर्माणको प्रव्रिmया अघि बढ्न सकेको थिएन । ३८ वर्षपछि ठेक्का लागेर काम सुरु भयो तर २०८३ वैशाखमा सम्पन्न गर्नुपर्ने सडक अझै अधुरो छ ।