इटहरी स् आन्तरिक राजस्व कार्यालय भद्रपुरले बढी आयकर दाखिला गर्ने चार जिल्लाका चार करदातालाई सम्मान गरेको छ ।

राष्ट्रिय कर दिवस, २०८३ को सप्ताहव्यापी कार्यक्रम समापनका अवसरमा आयोजित कार्यक्रममा झापा, इलाम, ताप्लेजुङ र पाँचथरका बढी आयकर दाखिला गर्ने करदातालाई सम्मान गरिएको हो । सम्मानित हुनेमा झापाको एनएसबी ट्रेड एन्ड सप्लायर्स, इलामको अन्नपूर्ण ट्रेडर्स, ताप्लेजुङको आशिका आयल सप्लायर्स र पाँचथरको श्रेष्ठ ट्रेडिङ सप्लायर्स रहेका छन् । उनीहरूलाई फूलमाला र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सोही अवसरमा कार्यालयका नायब सुब्बा टीकाराम दाहाललाई उत्कृष्ट कर्मचारीका रूपमा सम्मान गरिएको छ ।

कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले कर तिर्नुलाई नागरिकको दायित्वसँगै राष्ट्र निर्माणमा योगदानका रूपमा बुझ्नुपर्ने बताए । करदातालाई सन्तुष्ट बनाएर कर सङ्कलन गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिँदै उनले करसम्बन्धी न्यायिक प्रक्रिया छिटोछरितो र सहज हुनुपर्ने बताए ।ु इमानदारीपूर्वक कर तिर्नु राष्ट्रको समृद्धिमा योगदान गर्नु हो,ु उनले भने, ुकरदातालाई सन्तुष्ट बनाएर कर सङ्कलन गर्न सक्नुपर्छ । कर न्याय छिटोछरितो हुनुपर्छ ।ु उनले सुशासनयुक्त प्रशासन निर्माण र समृद्धिको यात्रालाई अघि बढाउन राज्यका निकाय, व्यवसायी र नागरिकबीच सहकार्य आवश्यक रहेको बताए ।

आन्तरिक राजस्व कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत गोपालबहादुर थापाले करलाई राज्यले नागरिकबाट सङ्कलन गर्ने अनिवार्य शुल्कका रूपमा मात्र बुझ्न नहुने बताए । उनका अनुसार कर राज्य र नागरिकबीचको विश्वास, उत्तरदायित्व र विकास साझेदारीको महत्वपूर्ण आधार हो । नागरिकले आफूले तिरेको करको सदुपयोग भएको अनुभूति गर्न सके मात्र कर प्रणालीप्रतिको विश्वास बलियो हुने उनको भनाइ थियो । राष्ट्रिय कर दिवसका अवसरमा कार्यालयले उत्कृष्ट करदाता सम्मानसँगै कर शिक्षा कार्यक्रम, अन्तरक्रियालगायतका गतिविधि सञ्चालन गरेको उनले जानकारी दिए ।