इटहरी स् इलाममा मेडिकल कलेज ९स्वास्थ्य विज्ञान प्रतिष्ठान० स्थापना गर्न नगरपालिकाले पहल अघि बढाएको छ। प्रस्तावित प्रतिष्ठानको आधारपत्र तयार गरेर मेयर केदार थापा नेतृत्वको टोलीले काठमाडौंमा छलफल र लबिङ सुरु गरेको हो।

थापाको नेतृत्वमा सोमबार शिक्षामन्त्री सस्मित पोख्रेलका प्रमुख सल्लाहकार शैलेन्द्र झासँग भेटेर मेडिकल कलेज स्थापनाका लागि आवश्यक सहयोग मागिएको छ। टोलीमा इलाम नगरपालिका–४, ६ र ७ का वडाध्यक्ष पनि सहभागी थिए। ‘मेडिकल कलेज निर्माणको सन्दर्भमा एउटा अध्ययन टोली बनेको छ । इलाम नगरपालिका वडा नम्बर ६, ७ र ४ नम्बरका अध्यक्षसहितको उपस्थितिमा शैलेन्द्र झालाई भेटेर सहयोग मागेका छौं, उहाँले सकारात्मक रूपमा लिनुभएको छ, काठमाडौंमा अन्य समाजसेवी साथीहरुले पनि अभियानमा सक्रिय साथ दिनु भएको छ,’ थापाले भने।

पाँचथर, ताप्लेजुङ र झापासहित भारतको सिक्किम–दार्जिलिङ क्षेत्रका बासिन्दाका लागि इलाम उपयुक्त केन्द्र हुने थापाको भनाइ छ। नगरपालिकाले प्रतिष्ठान स्थापनाका लागि आवश्यक तयारी, जग्गा व्यवस्थापन, पूर्वाधार विकास र सेवा विस्तारसम्बन्धी आधारपत्र तयार पारेको छ। ‘हामीले मेडिकल कलेज स्थापनाका लागि आवश्यक पूर्वाधारहरुको तयारी गरेका छौं । डा। केसीसँगको सम्झौता अनुसार काम पनि गर्नुपर्नेछ । त्यसैले केन्द्र सरकारको हामीलाई सहयोग चाहिएको छ,’ थापाले भने।

नगरपालिकाको अध्ययनअनुसार प्रस्तावित प्रतिष्ठान स्थापनाका लागि करिब १ हजार ४ सय रोपनी जग्गा आवश्यक पर्नेछ। नेपाल सरकारले सातवटै प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने नीति लिए पनि मेची क्षेत्रमा अहिलेसम्म मेडिकल कलेज स्थापना हुन सकेको छैन। डा। गोविन्द केसीसँग गत कात्तिक २९ गते भएको सहमतिमा इलाममा मेडिकल कलेज वा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न बजेट विनियोजन गर्ने विषय समेटिएको छ। सहमतिपछि केसीले आफ्नो २५औँ सत्याग्रहका कार्यक्रम अन्त्य गरेका थिए।