मोरङ / मोरङको बेलबारी नगरपालिका - ४ मा रहेको बेतना सिमसार सामुदायिक बन समुह खारेज गर्न स्थानीयले माग गरेका छन ।शनिबार बिहान बेतना सिमसारमा भेला भएका स्थानीयले सो माग गरेका हुन । बेतना सिमसार सिँचाई संघर्ष समितिका संयोजक रहेका मनिकुमार लिम्बुले साथ दलीय संयन्त्र हुँदै राजनीतिक दलको निर्देशनमा बनेको र सञ्चालन भईरहेकोब न समुह तत्काल खारेज हुनुपर्ने माग गरेका छन् ।चरम बेतिथि र राजनीतिका कारण बेतना सिमसार राजनीति गर्ने थलोका रुपमा मात्र बिकास भएको र स्थानीयलाई उपेक्षा गरिएको भन्दै उनले तत्काल यो समिति मात्र नभएर बन समुह नै खारेज हुनुपर्ने बताए । संघर्ष समितिका सञ्चार संयोजक सुजित बस्नेतले बेलब
इटहरीः इटहरीको कम्युनिष्ट आन्दोलनमा अभियान्ता तथा जेष्ठ नागरिक समाज नेपाल इटहरीका संस्थापक अध्यक्ष स्वर्गीय केवलमान बिष्टको स्मृति दिवसको अवसरमा केवलमान बिष्ट स्मृति प्रतिष्ठान इटहरीले पाँच जना स्रष्टालाई सम्मान गरेको छ । इटहरीको चिया चौतारीमा सनिबार आयोजित एक कार्यक्रमका विच प्रतिष्ठानले बिभिन्न क्षेत्रमा योगदान गर्ने पाँच जनालाई कोशी प्रदेश का मन्त्री कमल जबेगूले सम्मान पत्र हस्तान्तरण गरेका थिए । केवलमान बिष्ट स्मृति प्रतिष्ठानद्धारा सम्मानित हुनेहरुमा खेलकुदका क्षेत्रमा योगदान पुर्याएको भन्दै ममता राइ, साहित्य क्षेत्रमा योगदान गर्ने गायत्री लम्साल, गीत संगीतमा योगदा
मोरङ / बेलबारी नगर प्यावसन अन्तर्गतका संस्थागत विद्यालयका विद्यार्थीहरुबिचलोक नृत्य छनोट प्रतियोगिता सम्पन्न भएको छ ।बेलबारी नगर प्यावसन द्वारा आयोजित कार्यक्रममा बेलबारी नगरपालिका -९ मा रहेको बालजगत ईङिलस स्कुल र बेलबारी १ मा रहेको आर्दश सेकेण्डरी ईं.स्कुल लोकनृत्य प्रतियोगितामा प्रथम बनेका छन् ।बालजगत सिनियरतर्फ र आर्दश जुनियरतर्फ प्रथम बनेका हुन । यसैगरी सिनियरतर्फ आर्दश सेकेण्डरी दोस्रो र डाँगीहाट लिटिलबुद्ध तेस्रो भएका छन भने जुनियरतर्फ शिक्षा सन्देश दोस्रो र सनसाईनिङ स्टार तेस्रो भएका छन् ।बेलबारी ९ स्थित बालजगत ई.स्कुलको प्रांगणमा शुक्रबार आयोजित प्रतियोगितामा बेलबारी नगरका निजि त
मोरङ / अस्पताल तथा स्वास्थ्य संस्थाको न्यूनतम सेवा मापदण्ड अन्र्तगत पथरी नगर अस्पतालले ५१ अंक प्राप्त गरेको छ । पथरी शनिश्चरे वडा नं. २ मा स्थापित नगर अस्पतालमा न्यूनतम सेवा मापदण्ड लेखा जोखा कार्यक्रम मंसिर १२ र १३ गते सम्पन्न भएको हो । कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका विज्ञहरुको उपस्थिति रहेको थियो । प्रदेश स्वास्थ्य निर्देशनालयका डा. ज्ञानबहादुर बस्नेत, एम.एस.एस. अफिसर श्रीजत दाहाल, जनस्वास्थ्य निरीक्षक तारादेवी सुवेदी, दमक अस्पतालका डा. अनुपम घिमिरे सहितको टोलीले अस्पतालको निरीक्षण गर्नुृभएको थियो । पथरी नगर अस्पतालमा पहिलो मापन २०७८/७९ मा ३० अंक प्रा
पाँचथर / पाँचथरको फाल्गुनन्द गाउँपालिका- ३ मा काठको गोलिया बोक्ने क्रममा गोलियाले किचेर एक जनाको मृत्यु भएको छ । बिहिवार दिउँसो खोला छेउमा रहेको उतिसको गोलिया बोक्ने क्रममा अचानक गोलियाले किचेर स्थानीय २४ बर्षीय विश्व राजा चेम्जोङको घटनास्थलमै मृत्यु भएको थियो ।घटना बारे खबर पाएसंगै जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली खटिगई कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी जिल्ला अस्पताल पठाएको तथा अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
धनकुटा / धनकुटाको चौविसे गाउपालिकाको राजारानीमा सम्पन्न अन्तराष्ट्रिय आमन्त्रण प्रथम रारा भेट्रान गोल्डकप फुटबलको उपाधि हाम्रो इटहरी भेट्रान सुनसरीले हात पारेको छ ।फाइनलमा बरमिओक–नामफिङ भेट्रान, सिक्किम, भारतलाई शून्यका विरुद्ध १ गोलले हराउँदै हाम्रो इटहरी च्याम्पियन बनेको हो । राजारानी खेलमैदानमा भएको उपाधि भिडन्तमा हाम्रो इटहरीका लागि ११औं मिनटमा दिपेन राईले गरेको एक मात्र गोल निर्णायक गोल बनेको हो ।विजेता बनेको हाम्रो इटहरी भेट्रानले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्यो भने उपविजेता बरमिओक–नामफिङ भेट्रानले ५१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।फाइनल खे
सुन्दरहरैंचा / हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाउने गरिन्छ ।अभियानको छैठौं दिन सुक्रबार दिउँसो सुन्दरहरैंचा नगरपालिका वडा नं १ र २ मा बिध्यार्थी, अभिभावक संग लैंगिक हिंसाका बिसयमा अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम गरिएको छ । सुन्दरहरैंचा नगरपालिकाकि उपप्रमुख अकलि चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा नं १ र २ का बिभिन्न संघ संस्था, बाल क्लब, बिध्यालय बाट सैयौको संख्यामा उपस्थित रहेको थियो । अझै पनि कानुनले निषेध गरेका बोक्सी, छाउपडी, दाइजो, छुवाछुतजस्
सिताराम चन्द्रवंशी सुनसरी / जिल्ला प्रशासन कार्यालय सुनसरीमा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सरुवा भएर जादै गर्दा नमुना उदाहरणीय तथा नयाँ अभ्यासको सुरुवात गर्नुभएको छ । जिल्लाबाट सरुवा भएर जादाँजादै सीडियो पाण्डेले शान्ती, सुरक्षा र नागरिकको हित सहित सुशासनको पक्षमा कलम चलाउने पत्रकारलाई सम्मान गर्नुभएको छ । नेपाल पत्रकार महासंघ सुनसरीले यो नमुना र नयाँ अभ्यासको सुरुवात भएको जनाएको छ ।जिल्लामा राष्टिय तथा स्थानीय मिडियामा सुशासनको पक्षमा कलम चलाउने पत्रकारहरुलाई जिल्ला प्रशासन कार्यालय सुनसरीमा एक कार्यक्रमका बीच आधा दर्जन बढी पत्रकारलाई सम्मान गरिएको हो ।सुनसरीको समग्र शान्ति
मोरङ / पथरी शनिश्चरे नगर प्याब्सनद्वारा आयोजित लोक नृत्य प्रतियोगितामा जुनियर तथा सिनियर रेडस्टार मावि प्रथम भएको छ ।मोरङको पथरीशनिश्चरे नगरपालिका- २ को रेडस्टार माविले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल नगर कार्य समिति, पथरीशनिश्चरे, मोरङको आयोजनामा नगरप्याब्सन लोकनृत्य प्रतियोगितामा प्रथम स्थान हासिल गरेको छ।आज शुक्रबार सम्पन्न प्रतियोगितामा एभरेष्ट इङ्लिस स्कुल र मोरङ मेरिगोल्ड इङलिस बोर्डिङ स्कुल दोस्रो र तेस्रो स्थान हासिल गरेका हुन्। पथरी शनिश्चरे नगरपालिकाका युवा,शिक्षा तथा खेलकूद शाखाका अधिकुत नवीन खुलालले लोक नृत्य प्रतियोगिताबाट पुरस्कृत भएका सबै विद्यालयहरूलाई प्रदेश
सुनसरी / ईनरुवा नगरपालीका वडा नम्बर- ९ बबियाको सरस्वती माध्यमिक विद्यालयमा चोरी भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयकृष्ण यादवको नेम पेलेट चोरी भएको हो । विद्यालयको प्रशासन कार्यालय रहेको र त्यसमा प्रधानध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा लेखापालको कार्यकक्ष रहेको ठाउँबाटै नेम प्लेट चोरी भएको हो । प्रधानाध्यापक श्यामदेव मेहता विद्यालय बाहिर गएकोमा उहाँले निमितको जिम्मा दिएको शिक्षक तेजनारायण यादवले कार्यकक्षबाटै बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयकृष्ण यादवको नेम पेलेत चोरी गराउनु भएको थियोे ।विद्यालयमा गत शुक्रबार विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष जयकृष्ण यादवले
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.