All Posts By कोशी प्रेस

    Showing १,०११-१,०२० of १२,७३४ items.
  • इलामका चिया उद्योग आजदेखि बन्द

    इटहरी ।  इलामका चिया उद्योगहरू आजदेखि बन्द भएका छन् । भारतीय पक्षले नेपाली चिया निकासीमा अवरोध गरेपछि उद्योगीहरूले उत्पादन बन्द गरेका हुन् ।अहिले भारतीय बजारमा पुगिसकेको ३ लाख किलोभन्दा धेरै र नेपालका उद्योगहरूमा ७ लाख किलो तयारी चिया थन्किएको छ । भारतीय भन्सारमा नेपाली चियाको नमूना सङ्कलन गरी परीक्षणका लागि पठाउने र त्यसको प्रतिवेदन आउन १५ देखि २० दिनसम्म लाग्ने झन्झटिलो प्रक्रियाका कारण भारतीय चिया आयातकर्ताहरूले नेपालको चिया लगेका छैनन् ।मौज्दात बिक्री नभई थप उत्पादन गर्न नसकिएको सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएशनका अध्यक्ष डिल्ली श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार पहाडी भेगक

    • प्रकाशित मितिः असार १, २०८३
    • १७५ पटक पढिएको
  • झापामा प्रहरीको स्वीप अपरेशन २ दिनमै ४१ जना पक्राउ, ब्राउन सुगर र २१ थान मोबाइल बरामद

    इटहरी । झापामा लागुऔषध नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको विशेष स्वीप अपरेशनमा दुई दिनमै ४१ जना पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय झापा, लागुऔषध नियन्त्रण ब्युरोको शाखा कार्यालय काँकरभिट्टा तथा मातहत प्रहरी कार्यालयबाट खटिएको टोलीले शनिबार र आइतबार विभिन्न स्थानमा गरेको अपरेशनका क्रममा ३५ जना लागूऔषध सेवनकर्ता र छ जना प्रतिबन्धित लागुऔषधसहित ४१ व्यक्तिलाई नियन्त्रणमा लिएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता विजय चौहानका अनुसार पक्राउ परेकाबाट २० ग्राम २० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ ।पक्राउ परेका सेवनकर्तालाई मनोपरामर्श सेवा प्रदान गरी आवश्यकताअनुसार अभ

    • प्रकाशित मितिः असार १, २०८३
    • १७७ पटक पढिएको
  • ताप्लेजुङमा असार १२ र १३ गते प्रदेशस्तरीय अलैँची महोत्सव हुने

    इटहरी ।  अलैँची प्रवद्र्धन गर्ने उद्देश्यले ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा असारको १२ र १३ गते प्रदेशस्तरीय अलैँची महोत्सवको आयोजना हुने भएको छ । ताप्लेजुङमा पहिलोपटक उक्त महोत्सव हुन लागेको महोत्सव मूल समारोह समितिका संयोजक बालचन्द्र आङ्बुहाङले बताउनुभयो ।आठराई त्रिवेणी गाउँपालिका र कृषि ज्ञान केन्द्र ताप्लेजुङको आर्थिक सहयोगमा हुन लागेको सो महोत्सवमा अलैँचीका बोटबिरुवा तथा फल प्रदर्शनी, अलैँचीबाट उत्पादन हुने खाद्य पदार्थ र स्थानीय उत्कृष्ट अलैँची बगान तथा कमजोर अलैँची बगानको प्रदर्शनी र अवलोकनलगायतका गतिविधि हुने आयोजकले बताउनुभएको छ । महोत्सवमा अलैँची किसान कार्यशाला

    • प्रकाशित मितिः असार १, २०८३
    • १३७ पटक पढिएको
  • राजस्व हिनामिनाको आशङ्कामा अनुसन्धान सुरु भएपछि पूर्वपश्चिम राजमार्ग विस्तारको काम प्रभावित

    इटहरी ।  मोरङका पाँच वटा क्रसर उद्योगमाथि राजस्व हिनामिनाको आशङ्कामा अनुसन्धान सुरु भएपछि पूर्वपश्चिम राजमार्ग विस्तारको काम प्रभावित भएको छ । दर्ताबिना सञ्चालन भएको र मापदण्डविपरीत रहेको भन्दै प्रशासनले उद्योग बन्द गरेपछि निर्माणाधीन काँकडभिट्टा–लौकही सडकखण्डमा कालोपत्रे गर्ने तयारी अवस्थामा पुगेको झन्डै २५ किलोमिटर क्षेत्रमा काम ठप्प भएको हो । जिल्ला अनुगमन समितिले मोरङका विभिन्न क्रसर उद्योगमा छापा मारी कागजपत्र जफत गरेपछि जिल्ला समन्वय समिति मोरङले पत्र लेखेरै आन्तरिक राजस्व कार्यालय विराटनगर र दमकले ती उद्योगमाथि अनुसन्धान गरिरहेका छन् । अनुसन्धानको दायरामा रहेका उद्योगले राजस्व छलेक

    • प्रकाशित मितिः असार १, २०८३
    • १५२ पटक पढिएको
  • टिमाई खोलाको बाढीमा फसेका सात जनाको सकुशल उद्धार

    इटहरी । बुद्धशान्ति गाउँपालिका–६ स्थित टिमाई खोलामा एक्कासी आएको बाढीमा फसेका सात जनालाई सुरक्षाकर्मीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ ।हिजो अपराह्न करिब ४ः३० बजे गर्मी छल्न तथा नुहाउन खोलामा गएका सात जना बाढीका कारण खोलाको बीच भागमा फसेका थिए । उनीहरूले उद्धारका लागि जानकारी गराएपछि इलाका प्रहरी कार्यालय बुधबारे, अस्थायी प्रहरी चौकी मङ्गलबारे तथा भुटानी शरणार्थी शिविर सुरक्षा बेस टिमाईबाट खटिएको सशस्त्र प्रहरी बलसहितको संयुक्त टोलीले उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक विजय चौहानले बताउनुभयो ।संयुक्त टोलीले साँझ करिब ५ः२० बजे उनीहरूको सकुशल उद्धार

    • प्रकाशित मितिः असार १, २०८३
    • १११ पटक पढिएको
  • कोशी सरकारले आज झण्डै ४० अर्बको बजेट ल्याउँदै

    इटहरी ।  कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि आज बजेट सार्वजनिक गर्दैछ । आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले दिउँसो ३ बजे बस्ने प्रदेशसभाको नवौँ अधिवेशनको एघारौँ बैठकमा बजेट पेश गर्ने तयारी गर्नुभएको हो । यद्यपि, प्रदेशसभा सचिवालयले अहिलेसम्म औपचारिक कार्यसूची भने प्रकाशन गरिसकेको छैन ।यस पटक कोशी सरकारले ४० अर्ब रुपियाँ हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ ।चालु आर्थिक वर्ष २०८२÷८३ को तुलनामा झण्डै चार अर्ब ठूलो आकारको बजेट ल्याउने तयारी गरेको हो । चालु वर्षमा सरकारले ३६ अर्ब दुई करोड रुपियाँको बजेट ल्याएको थियो । सङ्घीय सरकारको बजेटको आकार बढ्दा प्रदेश

    • प्रकाशित मितिः असार १, २०८३
    • १३८ पटक पढिएको
  • रोटर्याक्ट क्लब अफ इटहरीद्वारा सशस्त्र प्रहरी बललाई विपद् राहत सामग्री हस्तान्तरण

    इटहरी । रोटर्याक्ट क्लब अफ इटहरीको आयोजनामा तथा रोटरी डिस्ट्रिक्ट ३२९२ को सहयोगमा सशस्त्र प्रहरी बल नेपाल नं. १ वराहा वाहिनी मुख्यालय, पकली, सुनसरीलाई विपद् व्यवस्थापन तथा उद्धार कार्यमा सहयोग पु¥याउने उद्देश्यले विपद् राहत सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको सभापतित्व रोटर्याक्ट क्लब अफ इटहरीका अध्यक्ष शीतल धितालले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन क्लबका सचिव जेनिशा सुमनले गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी बल नेपाल नं. १ वराहा वाहिनीका सशस्त्र प्रहरी उपरीक्षक ज्ञानमणि पौडेल रहनुभएको थियो। विशिष्ट अतिथिहरूमासन्त बहादुर डुम्जन, अनन्त बिष्ट,

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • २१९ पटक पढिएको
  • उद्योग वाणिज्य संघ इटहरीको निर्वाचन असार २७ गते हुने

    इटहरी । उद्योग वाणिज्य संघ इटहरीको आगामी कार्यसमितिको निर्वाचन २०८३ साल असार २७ गते सम्पन्न हुने भएको छ। संघको निर्वाचन समितिले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो।संघका निर्वाचन अधिकृत टंक प्रसाद दुलालद्वारा जारी विज्ञप्तिअनुसार उद्योग वाणिज्य संघ इटहरीको विधान बमोजिम गठन गरिएको निर्वाचन समितिले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष, मर्यादित तथा पारदर्शी ढंगबाट सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ। विज्ञप्तिमा २०४० सालमा स्थापना भएको उद्योग वाणिज्य संघ इटहरीले उद्योगी–व्यवसायीहरूको हकहित संरक्षण, व्यवसाय प्रवर्द्धन तथा स्थानीय आर्थिक विकासमा महत्वपूर्ण भूमिका नि

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • २७३ पटक पढिएको
  • नेवाः देय दवू मोरङद्वारा पुरोहित तालिम समापन तथा नवगुरु स्वागत–सम्मान

    इटहरी । नेवाः देय दवू मोरङको आयोजनामा पुरोहित तालिम समापन तथा स्वागत–सम्मान कार्यक्रम २०८३ सम्पन्न भएको छ ।नेवाः देय दवू मोरङका जिल्ला अध्यक्ष भाजु थर्कमान श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा नेवाः देय दवू केन्द्रीय उपाध्यक्ष नरेश शाक्य प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा नारायण श्रेष्ठ, भीमकला श्रेष्ठ, बिमला श्रेष्ठ, तारा श्रेष्ठ, , प्रदेश सल्लाहकार रबिन्द्र कृष्ण श्रेष्ठ लगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा पुरोहित तालिम सफलतापूर्वक सम्पन्न गरेका नवगुरुहरूलाई स्वागत तथा सम्मान गरिएको थियो। नवगुरुहरूले नेवार समुदायको धार्मिक, सांस्कृतिक तथा परम्पर

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • १७३ पटक पढिएको
  • अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो पथरी शनिश्चरे गोल्डकप असोज १७ देखि सुरु हुने

    इटहरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा पथरी–११ फुटबल क्लबको आयोजनामा अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो पथरी शनिश्चरे गोल्डकप २०८३ आगामी असोज १७ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने भएको छ ।आयोजक क्लबले आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको मिति तथा तयारीबारे जानकारी दिएको हो । क्लबका सचिव केशर थुलुङले वार्षिक रूपमा प्रतियोगिता सञ्चालन गर्ने लक्ष्यअनुसार गोल्डकपको तेस्रो संस्करण आयोजना गर्न लागिएको बताउनुभयो । उक्त प्रतियोगिता सञ्चालनका लागि ८० लाख रुपैयाँ बराबरको अनुमानित आय–व्यय विवरण समेत सार्वजनिक गरिएको छ । सार्वजनिक बजेटअनुसार प्रतियोगिताको कुल आम्दानी र खर्च दुवै ८० लाख रुपैयाँ रह

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • २१० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]