All Posts By कोशी प्रेस

    Showing ११,१२१-११,१३० of १३,७४३ items.
  • उपनिर्वाचन : आज राति १२ बजेबाट मौन अवधि, प्रचार गर्न नपाइने

    काठमाडौं । उपनिर्वाचनको मौन अवधि आज (बिहीबार) राति १२ बजेबाट सुरु हुने भएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने जानकारी दिए ।‘उपनिर्वाचनको प्रचारप्रसार वैशाख ७ गते राति १२ बजेसम्म मात्रै गर्न पाइन्छ । त्यसपछिको अवधि प्रचार गर्न नपाइने अवधि हो’, उनले भने । चुनाव हुनुभन्दा ४८ घण्टाअघिबाट प्रचारप्रसार गर्न पाइँदैन । आउँदो वैशाख १० गते बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदैछ ।

    • प्रकाशित मितिः वैशाख ७, २०८०
    • १३३ पटक पढिएको
  • हर्कजंग एभेङको अध्यक्षतामा ८५ सदस्यीय एमाले धरान उपमहानगर कार्यसमिति निर्वाचित

    धरान : नेकपा एमाले धरान नगर समितिको अध्यक्षमा हर्कजंग एभेङ निर्विरोध चयन भएका छन् । पार्टीमा फुट आएपछि भएको प्रथम नगर अधिवेशनले उनको नेतृत्वमा ८५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।अधिवेशन धरान-१५ स्थित चुम्लुङ हिममा मङ्गलवार र बुधवार चलेको थियो । अधिवेशनले कार्यसमितिका उपाध्यक्ष पारस काङमाङ, सचिव राजेन्द्रकुमार राई, उपसचिव द्वय योगेशबाबू काफ्ले, दिवस कन्दङवा निर्वाचित भएका छन् ।निर्वाचन कमिटी संयोजक गोविन्द मिश्रका अनुसार कार्यसमिति सदस्यहरूमा २० वटा वडा भूगोलबाट शान्तिराम खतिवडा, विकास भुजेल, हरि प्रसाद शाही, दीपककुमार बनेपाली, राजेन्द्र राई, मनप्रसाद लिम्बू, सुनिता राई, रामजी विष्ट, भुव

    • प्रकाशित मितिः वैशाख ७, २०८०
    • १४७ पटक पढिएको
  • कोशी प्रदेशकै पहिलो डाइनामिक क्यूआर कोड सेवा सुन्दरहरैंचा नगरपालिकामा सुरु

    सुन्दरहरैंचा । मोरङको सुन्दरहरैँचा नगरपालिकाले राजश्व संकलन कार्यलाई व्यवस्थित र स्मार्ट बनाउन कोशी प्रदेशमै पहिलो  पटक डाइनामिक क्यूआर कोड सेवा सुरु गरेको छ । अनलाईन पेमेन्ट, अनलाईन सिफारीस, ईसिफारीस लगायतका सेवा दिंदै आएको सुन्दरहरैंचा नगरपालिकाले प्रदेशमै पहिलोपटक डानमिक क्यू आर कोडमार्फत सबै प्रकारका करहरु बुझाउने सेवा सुरु गरेको हो । कर प्रशासनलाई सरल र सहज बनाउँदै करदातामैत्री नगर निर्माण गर्ने अभियान सुरु गरेको नगरपालिकाले डाईनमिक क्यू आर कोड मार्फत कर लिन थालेको हो । बुधबार नगर उपप्रमुख अकली कुमारी चौधरीले सो सेवाको उद्घाटन गर्नुभयो । यो सेवा सुरु भएपछि अब करदाताहरुले अनलाईन पेमेन

    • प्रकाशित मितिः वैशाख ७, २०८०
    • १६४ पटक पढिएको
  • नेपाल खेलकुद महासंघ इनरुवा द्वारा नेकोस इनरुवा खेल सप्ताह २०८० हुने

    नेपाल खेलकुद महासंघ इनरुवा नगरकमिटिले २०८०  बैशाख अन्तिम देखि नेकोस इनरुवा खेल सप्ताह गर्न लागेको छ ।नेपाली खेल क्षेत्रलाई चलायमान बनाउन खेलकुद नागरिकको मौलिक अधिकार, समृद्दिका लागि जनस्वास्थ्य हाम्रो सरोकार भन्ने मुलनाराका साथमा २०६६  सालमा स्थापना भएको नेपाल खेलकुद महासंघले स्थापना काल देखि नै विभिन्न खेल तथा खेलखेलाडी सङ सम्बन्धित कार्यक्रमहरु प्रदेश, जिल्ला, नगरमा गर्दै आएको छ । राज्य तथा सरोकारवाला  निकायमा खेलाडीहरुको हकहितको आवाज उठाउने उदेश्य लिएको संस्था अन्तर्गत   इनरुवा नगर कमिटीले पनि यसै कुरालाई ध्यानमा राख्दै खेल सप्ताह गर्न लागेको हो । खेल सप्ताह अन

    • प्रकाशित मितिः वैशाख ६, २०८०
    • २६२ पटक पढिएको
  • पोषण तथा खाद्य सुरक्षा समितिको बैठक सम्पन्न

    महोत्तरी /  प्रदेश स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक समितिका अध्यक्ष तथा मधेश प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष माननीय नाथु प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न भयो ।उक्त अवसरमा बोल्नु हुँदै चौधरीले मधेश प्रदेशका बालबालिकाहरुमा कुपोषणको समस्या रहेकोले सबै पक्ष मिलेर कुपोषणका विरुद्ध काम गर्नु पर्ने आवश्यकता औल्याउनुभयो । “मधेश प्रदेशले कुपोषण मुक्त प्रदेश बनाउने अभियान थालनी गरिसकेको छ ।” वहाँले भन्नुभयो “पोषणमैत्री स्थानीय तह सम्बन्धी अभिमुखीकरण तथा कार्यक्रमहरु लागु गरेर समुदाय स्तरसम्म अभियान संचालन गर्ने तथा जिल्ला र पालिका स्तरका पोषण तथा खाद्य सुरक्षा समिति

    • प्रकाशित मितिः वैशाख ६, २०८०
    • ३०२ पटक पढिएको
  • सम्सी गाउँपालिका लाई स्वास्थ्य उपकरण हस्तान्तरण

    महोत्तरी / एकिकृत ग्रामिण विकास समाज, महोत्तरीद्वारा वल्र्ड भिजन इन्टरनेसनल नेपालको साझेदारीमा महोत्तरी जिल्लामा सञ्चालन भइरहेको पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत स्वास्थ्य संस्थाको क्षमता सुदृढिकरणका लागि विभिन्न प्रकारका स्वास्थ्य उपकरणहरु आज चैत्र ३० गते एक कार्यक्रम बीच सम्सी गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्नु हुँदै सम्सी गाउँपालिकाका अध्यक्ष रामनाथ यादवले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन सामाग्रीहरुले अझ मद्दत गर्ने कुरा बताउनुभयो ।“स्वास्थ्य उपचार सबैको मौलिक अधिकार हो ।” अध्यक्ष यादवले भन्नुभयो “हस्तान्तरण गरिएका

    • प्रकाशित मितिः वैशाख ६, २०८०
    • २३२ पटक पढिएको
  • मेरो गाउँ, मेरो ठाउँले निकै गहिरो र व्यापक अर्थ राख्छ’ – केपी शर्मा ओली

    आफ्नो गाउँ, आफ्नो ठाउँ कसलाई पो मन नपर्ला ! त्यसमाथि यस्तो गाउँ आफैमा मनमोहक छ भने सुनमा सुगन्ध भइहाल्यो । उत्तिकै चित्ताकर्षक छ भने पर्यटक आगमनका लागि स्वागतको ढोका खोलिने भइहाल्यो । यसले आन्तरिक र बाह्य पर्यटनको क्षितिज उघार्ने अवसर पनि दिने नै भयो । रोजगारी सिर्जना र राष्ट्रिय अर्थतन्त्रमा टेवा पनि दिने यो भन्दा काइदाको कुरा के होला ? नयाँ दुलहीझैँ घुम्टोभित्र रहेका नेपालका मनै लोभ्याउने गाउँ–ठाउँलाई सबैको पहुँचमा किन नपुर्याउने त ?हो, यही पवित्र उदेश्य बोकेर वि विल राइज फाउण्डेसन कर्मपथमा लम्किएको छ । फाउण्डेसनले ‘मेरो गाउँ,मेरो ठाउँ’ लाई मुलमन्त्र बनाउदै आएको छ ।

    • प्रकाशित मितिः वैशाख ४, २०८०
    • ६७ पटक पढिएको
  • मोरङमा टयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु , १५ घाईते

    विराटनगर । मोरङको रंगेली नगरपालिका – ३ आमतोलामा ट्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । आज विहान भएको दुर्घटनामा १५ जना घाइते भएको मोरङ प्रहरीले जनाएको छ ।दुर्घटनामा परी मोरङको ग्रामथान गाउँपालिका – ५ की ६० वर्षीया वैशाखी चौधरी र सोही ठाउँकी २५ वर्षीया रीता कुमारी माझीको मृत्यु भएको मोरङ ट्राफिक प्रहरी प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुनिल श्रेष्ठले जानकारी दिए । वैशाखी कुमारीको घटनास्थलमै र रीताको विराटनगरस्थित गोल्डेन अस्पताल आज दिउँसो ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।तेतरिया आमतोला भित्री सडकखण्ड हुँदै पूर्वतर्फ गइरहेको प्रदेश १–०१–००१ त ९५५३ नम्बरको ट्याक्टर आफैँ अनियन्त्

    • प्रकाशित मितिः वैशाख २, २०८०
    • ६४ पटक पढिएको
  • सफल सिदार्थ एकेडेमीको ३०औं अभिभावक दिवस सम्पन्न

    सुन्दरहरैचा  । मोरगंको सुन्दरहरैचा नगरपालिका वडा नम्बर ५मा रहेको सफल सिद्धार्थ एकेडेमीले ३०औं अभिभावक दिवस तथा विज्ञान प्रदर्शनी आयोजना गरेको छ ।  एकेडेमीका अध्यक्ष कमलप्रसाद तिमसिनाको अध्यक्षता तथा सुन्दरहरैचा नगरपालिका वडा नम्बर ५का वडाध्यक्ष गणेश चौधरीको प्रमुख आतिथ्यमा अभिभावक दिवस मनाइएको हो । अभिभावक दिवसमा विद्यार्थीहरुले तयार पारेका विभिन्न सामाग्री साथै विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेर अभिभावकहरुले मनोरञ्जन लिएका थिए ।कक्षागत रुपमा प्रथम ,द्धितिय ,तृतिय हुने तथा विद्यालयकै उत्कृष्ट  विद्यार्थीलाई पुरस्कृत गरियो । त्यसै गरी एकेडेमीले सञ्चान गरेका व

    • प्रकाशित मितिः वैशाख २, २०८०
    • १८० पटक पढिएको
  • इटहरी चार एमाले कमिटि द्वारा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

     इटहरी  ।  इटहरी उपमहानगर वडा नम्बर चार कमिटिको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ इटहरी स्थित कचना स्कुलमा  भएको हाजिरी जवाफ प्रतियोगितामा २२ नम्बर व्यापारी शाखा प्रथम भएको छ । नेकपा एमाले चार नम्बर वडा कमिटिले आयोजनाले गरेको प्रतियोगितामा दोश्रो आयोजक र तेश्रो वडा नम्बर आठ कमिटि भएको छ । विजयी समुहलाई क्रमशः प्रथम पाँच हजार नगद सहित सिल्ड प्रमाणपत्र, दोश्रा नगद तिन हजार सहित सिल्ड प्रमाणपत्र र तेश्रोलाई एक हजार नगद सहित सिल्ड प्रमाणपत्र प्रदान गरिएको छ ।कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले स्थायी कमिटि सदस्य तथा कोशी प्रदेश ईन्चार्ज राजेन्द्र गौतमले यसरी

    • प्रकाशित मितिः वैशाख २, २०८०
    • ३३२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]